काठमाडौं । अपराध अनुसन्धान तथा समग्र कार्यसम्पादनमा अतुलनीय योगदान पु¥याएको भन्दै एनसेल आजियाटा लिमिटेडलाई नेपाल प्रहरीअन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार सम्मान गरेको छ । कार्यालयले एनसेलका सम्राट अमात्य र कृष्ण भुसाललाई एनसेलको तर्फबाट प्रदान गरेको योगदानको उच्च कदर र मूल्यांकनस्वरुप प्रशंसा पत्र प्रदान गरको हो ।
मंलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोजकुमार केसीले प्रशंसा पत्र प्रदान गरेका थिए ।
एनसेलले सामाजिक उत्तरदायी संस्थाका रूपमा सुरक्षा र अन्य सरकारी निकायलाई कानुनबमोजिम आवश्यक सहयोग प्रदान गर्दै आएको छ । एनसेलले सुरक्षित समुदाय र समाज विकासमा सहयोग पु¥याउँदै आएको छ ।
एनसेलले ‘यो सम्मान समुदाय र जनताको हितका लागि कम्पनी काम गर्न प्रतिबद्ध रहेको छ भन्ने प्रमाण भएको’ बताएको छ । नेपाल प्रहरीले प्रहरी दिवसको अवसरमा २०७८ र २०७९ सालमा पनि एनसेललाई सम्मान गरेको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरामा मनाइयो विज्ञान दिवस
सिसिटिभी क्यामेरा जोभिजन ब्रान्ड पदाधिकारीसँग इन्फर्मेसन टेक्नोलोजीको अन्तरक्रिया
विज्ञान र इन्जिनियरिङ अन्तर्राष्ट्रिय सम्मेलन सुरु
आइटी एक्स्पोमा जिसिइएसको प्रोजेक्ट उत्कृष्ट
दमौलीमा एनसेलको सेन्टर सञ्चालन
hero news full width
मुख्य समाचार
पोखरा उद्योग वाणिज्य संघ नवनिर्वाचित समितिलाई लेउवा संघको स्वागत
अनेमसंघ (क्रान्तिकारी) गण्डकीमा गीता शाही
असाेज ४, २०८१प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क प्रस्थान
असाेज ४, २०८१सुरु भयो पदयात्राको याम
असाेज ४, २०८१गण्डकीमा ५ वटा ऐन संशोधन हुँदै
असाेज ४, २०८१रुपा रिङरोड दोस्रो खण्ड शिलान्यास, लागत ४७ करोड १८ लाख
असाेज ३, २०८१