पोखरा । बाढीले खण्डहर बनाएको कागबेनी क्षेत्रमा डेढ करोडभन्दा बढी नगद भेटिएको छ । उक्त रकम प्रभु र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको हो । गेग्रान खोतल्ने क्रममा सेना, प्रहरी र स्थानीयबासीसमेतको समूहले प्रभु बैंकको ५१ लाख ६२ हजार र इन्भेस्टमेन्ट बैंकको १ करोड ५ लाख भेटिएको हो ।
बाढीले प्रभु बैंकको भवन बाढीले बगाएको थियो । भग्नावशेष खोतल्ने क्रममा बैंकको नगदसहितको लकर फेला परेको हो । बाढीले इन्भेस्टमेन्ट मेगा बैंकमा पनि क्षति पु¥याएको थियो । बाढीले थुपारेको गेग्रान पन्छाउने क्रममा उक्त बैंकको १ करोड ५ लाख फेला परेको इलाका प्रहरी कार्यालय कागबेनीले बताएको छ । सुरक्षित रहेको रकम दुवै बैंकले लगिसकेका छन् ।
अहिले तीनवटै सुरक्षा निकाय र स्थानीय संघसंस्था मिलेर भग्नावशेष पन्छाउने र गेग्रान सफा गर्ने काम गरिरहेका छन् भने जनजीवन सामान्य अवस्थामा फर्किसकेको छ ।
समयमै सूचना पाएका कारण मानवीय क्षति हुनबाट जोगिएको भए पनि तिनै जोगिएका स्थानीयवासीलाई गाँस र बासको समस्या भएको छ । घरसहित बन्दोबस्तका सामान खोलाले बगाएपछि समस्यामा परेका कागबेनीवासीको सहयोगका लागि गण्डकी प्रदेश सरकार, विभिन्न दातृ निकाय र मनकारी व्यक्ति जुटिरहेका छन् भने मुस्ताङवासीले विपदमा परेका कागबेनीवासीको व्यवस्थापन र पुनर्निर्माणमा श्रमदान गरिरहेका छन् ।
गण्डकी प्रदेश सरकारले बाढीपीडित बनेका नागरिकलाई राहत सामग्रीसहित उद्धार, उपचार र पुनःस्थापनाको काम गर्न सुरु गरेको छ । राससका अनुसार घरबारविहीन भएका कागबेनीवासीको दैनिकी असहज बनेपछि भत्किएको संरचना व्यवस्थित गर्न मेसिन, उपकरण तथा सवारीसाधनका लागि प्रदेश सरकारले इन्धनलगायतका सामग्री पठाएर काम गरिरहेको वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले जानकारी दिए ।
त्यसैगरी प्रदेश सरकारले टेन्ट, त्रिपाल, ब्ल्यांकेट पठाउने, बाढीपहिरो क्षेत्रमा हुनसक्ने खानेपानी आपूर्ति, स्वास्थ्य सेवा, खाद्यान्न आपूर्ति, यातायात व्यवस्थापन, कृषि र पशुजन्य क्षति व्यवस्थापन, भू–संरक्षणलगायतका काम गरिरहेको उनले बताए । कागबेनीको पुनर्निर्माणका लागि मुस्ताङका विभिन्न गाउँ, बस्ती, क्लब, स्थानीय समूह, फरक–फरक स्थानीय तह, जिल्ला समन्वय समितिलगायतले काम गरिरहेका अध्यक्ष गुरुङले जानकारी दिए ।
स्थानीय नागरिकसँगै सुरक्षाकर्मी पनि कागबेनीवासीको पुनस्थापनाका लागि दैनिकरूपमा खटिरहेका छन् । स्थानीय जनप्रतिनिधिसहित सांसद बसेर बाढीपीडितका लागि गर्न सकिने विकल्पको बारेमा योजना बनाउने र सोहीअनुरुप अघि बढ्ने काम भइरहेका उनले जानकारी दिए ।
राहत तथा उद्धारमा आ–आफ्नो तह र तप्काबाट सक्दो आर्थिक तथा भौतिक सहयोगका लागि संघ, प्रदेश र स्थानीय सरकारमातहतका निकायलगायत सबै सरकारी तथा गैरसरकारी सङ्घसंस्था, देश–विदेशमा रहेका नेपालीहरूमा अनुरोध गरिएको छ ।
आर्थिक सहयोगका लागि वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको प्रभु बंैैकमा रहेको ‘स्थानीय तह प्रकोप व्यवस्थापन कोष खाता’ को खाता नं २०८०१५१४१२७००२२१ मा रकम जम्मा गर्न सकिने गाउँपालिकाले जनाएको छ ।
बाढीले कागबेनीका २९ घर पूर्ण क्षति भएका छन् भने १३ घर र जनशान्ति माविको भवनमा आंशिक क्षति भएको छ । दुईपांग्रे १६ र चारपांग्रे दुईवटा गरी १८ गाडी, एउटा एक्स्काभेटर, कागबेनी–माथिल्लो मुस्ताङ जोड्ने एउटा मोटरेबल पक्की पुल, कागबेनी–तिरी जोड्ने एउटा झोलुंगे पुल, तीनवटा काठेपुल, एउटा सानो पक्की पुल, नौवटा गोठसहित करिब ३२ वटा चौपाया बाढीमा बगेका जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । यसैगरी गाउँपालिकाको ४ नं वडाको वडा कार्यालय, इलाका प्रहरी चौकी, कागबेनी श्राद्धस्थलको मन्दिर तथा आवास क्षेत्रसमेत बगाएको छ ।
Related News
सम्बन्धित समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
उदार संविधान, अनुदार नेतृत्व
एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
hero news full width
मुख्य समाचार
गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
पोखरासहित गण्डकीका शिक्षाकर्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार
असाेज २, २०८०बागलुङको बडिगाडमा खुल्यो आँखा उपचार केन्द्र
असाेज १, २०८०लामाचौर कप भलिबल, महिलातर्फ पुलिसलाई उपाधि, पुरुषको फाइनल भोलि
असाेज १, २०८०दोस्रो पञ्चवर्षीय योजनाको आधारपत्र : बसाइँसराइँ रोक्ने, उत्पादन बढाउने
असाेज १, २०८०पोखराको मञ्चमा २ वर्षपछि झुल्किइन् समीक्षा
भाद्र ३१, २०८०