क्यानोनिङबाट खसेर २२ वर्षे युवतीको निधन

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०८०
Canonying

पोखरा ।  कास्कीको  माछापुच्छ्रे ९ घलेलमा रहेको पोखरा क्यानोनिङमा क्यानोनिङ गर्ने (झरनाबाट झर्ने खेल) क्रममा खसेर बुधबार २२ वर्षे युवतीको निधन भएको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा २६  बुढीबजार बस्ने बर्ष २२ की अन्जिता भण्डारी  क्यानोनिङबाट खसेकी हुन् ।  उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल्याएकोमा बेलुका ५ बजेतिर चिकित्सकले मृत घोषणा गरेका हुन्।   

Related News

सम्बन्धित समाचार

hero news full width