हेमजा । पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरुङले विद्यार्थीले गर्ने अतिरिक्त क्रियाकलापको पनि मूल्यांकन हुनुपर्ने बताएका छन् ।
पोखरा २३ स्थित हर्पनकोट माविमा छात्रवृत्ति वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले विद्यार्थीको अतिरिक्त क्रियाकलापले विद्यालय तथा उक्त क्षेत्रको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बन्ने औल्याए । कला, संगीत, नृत्य, वाद्यवादन र खेलकुद लगायतका अतिरिक्त क्रियाकलापले सिकाइमा सकारात्मक प्रभाव पार्ने भन्दै पूर्व राज्यमन्त्री गुरुङले अबको शिक्षा किताबी मात्र नभई जीवनउपयोगी हुनुपर्नेमा जोड समेत दिए ।
त्यस अवसरमा कक्षा १ देखि ९ सम्मका १२ गरिब, जेहेनदार तथा लगनशील विद्यार्थीलाई एकमुष्ठ ५३ हजार २ सय वितरण गरिएको प्रअ कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीमा कक्षा १ की रोशनी नेपाली, कक्षा २ की शिवानी गुरुङ, कक्षा ४ की सुमिना गुरुङ, कक्षा ५ का सम्झना सुनार र समीक्षा सुनार, कक्षा ६ का सुजित नेपाली, सोनी गुरुङ, कक्षा ७ की मनीषा नेपाली, कक्षा ८ का निशान भुजेल र सुवासी गुरुङ तथा कक्षा ९ का प्रवीण सुनार र वविता सुनार छन् । पूर्व राज्यमन्त्री गुरुङले उक्त विद्यालयमा आमा गंगादेवी गुरुङको स्मृितमा २०५८ सालमा १ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए ।
कार्यक्रममा पूर्व नगर प्रमुख भोला थापा, बालगोपाल श्रेष्ठ, सविन गुरुङ, तीर्थ केसी लगायतले पनि धारणा राखे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिमानसिहं गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक शिव परियारले स्वागत र शिक्षक शिवप्रसाद पौडेलले कार्यक्रम सञ्चालन गरे ।
Related News
सम्बन्धित समाचार
गौरीशंकरमा रेडक्रस अभिमुखीकरण
मनिपाल घटनापछि प्रदेशभर ओपिडी सेवा ठप्प
ब्युटीपार्लर एसोसिएसनको संयुक्त सभा
पोखरामा खटिए नयाँ नगर प्रहरी
नौविसे ओख्लेडाँडा टोलमा ठाकुर
hero news full width
मुख्य समाचार
१९ औं एसियाली खेलकुद : २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
तिब्बती शरणार्थीसँग त्रसित चीन
असाेज ९, २०८०तनहुँमा डेंगु संक्रमणबाट ३ जनाको मृत्यु
असाेज ९, २०८०वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
असाेज ८, २०८०घान्द्रुक होटलका पायोनियर
असाेज ८, २०८०अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०