नासो–जिबिएस एस्ट्रोनोमी क्लब गठन

आदर्श समाज सम्वाददाता
जेठ २१, २०८०
naso club (2)

पोखरा । गण्डकी बोर्डिङ स्कुलमा १५ सदस्यीय नासो–जिबिएस एस्ट्रोनोमी क्लब गठन भएको छ ।

नेपाल एस्ट्रोनोमीकल सोसाइटी (नासो) र इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनअन्तर्गत अफिस अफ एस्ट्रोनोमी फर डेभलपमेन्टको समन्वयमा सञ्चालित एस्ट्रोनोमी फर कम्युनिटी इम्पाउरमेन्ट इन नेपाल परियोजनाअन्तर्गत गण्डकीमा शनिबार सो क्लब गठन भएको नासो गण्डकी प्रदेश संयोजक राजकुमार ढकालले जनाए ।

सो अवसरमा क्लबका पदाधिकारीको सशक्तीकरण र समुदायमा खगोल विज्ञानको प्रवद्र्धन र विकासका लागि परियोजनाअन्तर्गत टेलिस्कोप, सौर्यघडी, प्लानिस्फेर जस्ता खगोल विज्ञानका सामाग्री समेत हस्तान्तरण गरिएको थियो ।

खगोल विज्ञानमार्फत सामुदायिक सशक्तीकरणका निम्ति सञ्चालित सो परियोजनाले नेपालका ४ प्रदेशका ६ विद्यालयमध्ये गण्डकी प्रदेशमा गण्डकीसहित भद्रकाली मावि छनोट गरिएको नासोका परियोजना संयोजक मनीषा द्वाले बताइन् ।

नासोले कोशीमा विराट बहिरा मावि, मधेशमा जनता मावि, वागमतीमा सरस्वती निकेतन र पञ्चकन्या माविमा एस्ट्रोनोमी क्लब गठन गरी सामग्री हस्तान्तरण गरेको छ ।

गण्डकीमा नासो–जीबिएस एस्ट्रोनोमी क्लब गठन र सामग्री हस्तान्तरणसँगै परियोजनाको पहिलो चरण सफलतापूर्वक सम्पन्न नासोका अध्यक्ष सुरेश भट्टराईले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width