लेखनाथ । आगामी बजेटमा के कस्ता योजना समेट्न सकिन्छ भन्नेबारे साविक लेखनाथ नगर क्षेत्रका वडावासीले छलफल गरेका छन् ।
साविक लेखनाथ नगर क्षेत्रभित्र वडा २६ देखि ३२ सम्मका वडाध्यक्षहरुले राखेको कार्यक्रममा उपस्थित व्यक्तिहरुले विभिन्न सुझाव दिए । उनीहरुले स्थानीय बाटो, पुलपुलेसा, ताल संरक्षण लगायतका सानातिना योजनाको आवश्यकता दर्शाउन के खोजेका थिए, बीचैमा वडा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले महानगर, प्रदेश र संघीय सरकारले गर्नेखालको योजना मात्र भन्ने अनुरोध गरेपछि उनीहरु विषयकेन्द्रित बने ।
महानगरपालिकाले आगामी आवको नीति तथा कार्यक्रममा लेखनाथ नगर क्षेत्रमा सञ्चालन गर्न सकिने र आवश्यकखालका ठूला योजनाबारे सुझाव संकलनका लागि राखिएको कार्यक्रममा झन्डै २ दर्जन बढीले साविक लेखनाथ नगरपालिका पुनस्र्थापनाबारे आवाज उठाए । कतिपयले विकासका योजनाका लागि सामूहिक धारणा ल्याउनु पर्ने सुझाव दिए ।
साविक लेखनाथ क्षेत्रका वडाध्यक्षहरुले पोखराका मेयर धनराज आचार्यलाई भेटेर विकास दिन नसके छुट्टिन तयार रहेको बताए
सोहीक्रममा सबैको प्रतिनिधित्व गर्दै लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चतुराखर अधिकारीले यस पूर्व उठेका योजनाबारे जानकारी गराउँदै विशेषगरी विकासका लागि दीर्घकालीन र गौरवका योजना समावेश गरिदिन पोखरा महानगर प्रमुख धनराज आचार्यसमक्ष अनुरोध गरे ।
समग्र पोखरा उपत्यकाको विकासका लागि पञ्चवर्षीय गुरुयोजना आवश्यक पर्नेमा सबै सहभागीको एउटै आवाज थियो भने पोखरा ३२ को लामेआहालमा टर्मिनल बसपार्क, लेखनाथ क्षेत्रलाई केन्द्रित गरेर औद्योगिक क्षेत्र, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सात ताल जोड्ने लिंक रोड, वेगनासताललाई पर्यटकीय हबका रुपमा विकास गराउनु पर्ने लगायतका सुझाव थियो ।
मेयर आचार्यले पोखरालाई अब नयाँ पोखरा बनाउने अभियानमा लाग्न सबैलाई अनुरोध गर्दै नयाँ पोखराको थालनी लेखनाथबाट हुने विश्वास दिलाए । पोखरामा कतिपय कुरा सुधार गर्नै नसकिने अवस्थामा रहेकाले लेखनाथ नै नयाँ पोखरा बनाउने उनको विश्वास थियो ।
वडा ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, सञ्चालन वडा ३० का वडाध्यक्ष दुर्गा सुवेदी र धन्यवाद वडा २६ का वडाध्यक्ष नरेन्द्र थापाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
फेवातालमा एक युवक मृत फेला, २ दिनसम्म भएन पहिचान
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
कृष्णमणिलाई वातावरण पत्रकारिता पुरस्कार
रास्वपा पोखरा २६ गठन
सेती संरक्षण र बसपार्क निर्माणमा वडाध्यक्षको प्रतिबद्धता
hero news full width
मुख्य समाचार
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०