लेखनाथ । गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराको आयोजना र अर्घौ नेवा: खल लेखनाथको सहकार्यमा सञ्चालित नेपाल (नेवारी) भाषा प्रशिक्षण सम्पन्न भएको छ । भाषा, कला र संस्कृति लोप हँुदै गएकोले यसको संरक्षणका लागि दैनिक रुपमा बोलिने भाषाको प्रयोगलाई बढावा दिनुपर्ने उद्देश्य साथ एक महिनासम्म सो तालिम भएको थियो ।
तालिममा लेखनाथ नगर क्षेत्रभित्रका ८ वटा नेवा: खलका करिब ४० जनाले भाग लिएका थिए ।
समापनमा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठान लोकसंस्कृति विभाग प्रमुख डिलकुमारी पौडेलले मातृभाषाको संरक्षण र प्रवद्र्धनका लागि प्रतिष्ठानले अभियान चलाउँदै आएको बताइन् । तालिममा मधुसुदन जोशी र भरतलाल श्रेष्ठले सहजीकरण गरेका थिए ।
अर्घौ पौवा नेवा: खल अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रगोपाल श्रेष्ठ, नेवा: मिसा पुच कास्की अध्यक्ष संगीता बज्राचार्य, लेखनाथ नेवा: खलका अध्यक्ष भैरवलाल श्रेष्ठ, नेवा:खल कास्की उपाध्यक्ष संस्कृविद् तीर्थ श्रेष्ठ, नेवा: खल मिस पुच कास्कीका निर्वतमान अध्यक्ष मेनुका श्रेष्ठ,लेखनाथ मिस पुच अध्यक्ष पवित्रा श्रेष्ठ र प्रशिक्षार्थी वर्षा श्रेष्ठ लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
कृष्णमणिलाई वातावरण पत्रकारिता पुरस्कार
रास्वपा पोखरा २६ गठन
सेती संरक्षण र बसपार्क निर्माणमा वडाध्यक्षको प्रतिबद्धता
मगर संघ बुढीबजारमा रामबहादुर
hero news full width
मुख्य समाचार
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०