एमाले सचिव टोपबहादुर पक्राउ

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०८०
top-bahadur

पोखरा । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

प्रहरीले उनलाई काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी परिसरका काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । नक्कली भुटानी शरणार्थी बनाएर ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो ।

अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई बुटवलबाट नियन्त्रणमा लिएको थियो । सोही प्रकरणमा पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणसहित १२ जनामाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width