फुर्सेखोलामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०८०
River-Death

पोखरा । पोखराको फुर्सेखोलामा पौडी खेल्ने क्रममा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा १५, नयाँगाउँका १५ वर्षीय रोनिश गुरुङ हुन् ।

पोखरा १७ पावरहाउसस्थित फुर्सेखोलामा पौडी खेल्ने क्रममा शनिबार दिउँसो साढे ३ बजे उनी डुबेर बेपत्ता भएको खबरपछि उद्धारका लागि प्रहरी पुगेको थियो ।

वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको कमाण्डमा १० सदस्यीय उद्धार टोलीले उनलाई फेला पारी गण्डकी अस्पताल लगेकोमा चिकित्सकले पौने ५ बजे मृत घोषणा गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग