पोखरा। पोखरा सभागृहमा शुक्रबार र शनिबार सारंगी सम्मेलन भयो । लोकगायक झलकमान गन्धर्वको ८८ औं जन्मजयन्ती अवसरमा भएको सारंगी वादन प्रतियोगिता सारंगी सम्मेलनको रुपमा सम्पन्न भएको हो । प्रतियोगितामा मेचीदेखि महाकालीसम्मका ३६ सारंगी वादकले भाग लिए ।
‘हाम्रो संस्कृति हाम्रो पहिचान, सारंगी संरक्षण हाम्रो अभियान’ नारासहित नेपाल गन्धर्व समुदाय विकास केन्द्र र झलकमान गन्धर्व सारंगी पाठशाला संयुक्त आयोजनामा भएको प्रतियोगितामा बर्ता गन्धर्व पनि आएकी थिइन् । बर्ता उनै गायिका हुन्, जसले भ्वाइस अफ नेपाल टिभी रियालिटी सोमा आफूलाई सारंगी वादक र गायिकाको रुपमा स्थापित गरिसकेकी छिन् ।
भोजपुरबाट काठमाडौंमा गायन यात्रामा सहभागी यहाँको माहोल देखेर निकै खुसी थिइन् । गन्धर्व समुदाय पनि यसरी एकीकृत भएर संस्कृति बचाउन लागिपरेको देख्दा उनको खुसीको सिमाना थिएन । ‘म त बालखैमा भोजपुरबाट काठमाडौं आए । सानैबाट सारंगी बजाउने म, हाम्रो समुदायमा पनि यति धेरै प्रतिभा रहेछ । सबैलाई देखेर निकै खुसी लाग्यो,’ उनले भनिन् ।
प्रतियोगिता हुने खबरसँगै उत्सुक उनी बिहीबार बेलुका नै पोखरा आएकी हुन् । उनले आफू मात्र नभएर भोजपुरमा भएका १४ घरबाट ४ जना लिएर आएकी थिइन् । भोजपुरमा रहेका सबै घरका नयाँ पुस्ताले सारंगी बजाउन छोडिसकेको उनको भनाइ छ । ‘हाम्रोतिर त सारंगी बजाउन छोडिसके । अहिले मसँगै बजाउने तेजेन्द्र, सुवाश, प्रकाश र विनोदलाई लिएर आएकी हुँ,’ उनले भने, ‘यति राम्रो काम भइरहेको छ । हामी अलिअलि बजाउनेहरुले साथ दिनुपर्छ भन्ने लाग्यो । हामीले नि साथ र सहयोग नगरे नयाँ पुस्ताले कसरी सिक्ने ?’
साथमा आएका तेजेन्द्र गन्धर्वले यस्तोखालको प्रतियोगिताले नयाँ पुस्तालाई सारंगी बजाउने प्रेरणा दिने बताउँछन् । ‘पछिल्लो समय हामीपछिको पुस्ताले सारंगी बजाउन छोडिसकेका छन्,’ उनले भने, ‘यस्तो प्रतियोगिता र कार्यक्रम हुने हो भने नयाँ भाइबहिनीलाई पनि थाहा हुन्छ ।’ गन्धर्वको संस्कृति सारंगी वादन बचाउन आफू सारंगी बजाउँदै देशको विभिन्न ठाउँमा पुग्ने गरेको उनले बताए ।
तनहुँकी अरुणा गन्वर्धले पनि संस्कृति जोगाउन तल्लिन भएको बताइन् । जामुनेमा अहिले ७ घर गन्धर्व रहेकामा आफ्नो उमेर समूहकाले कसैले पनि सारंगी नबजाउँदा चिन्ता लागेको बताउँछिन् । ‘बाबाहरुले गाउनु हुन्थ्यो । मैले पनि बीचमा वास्ता गरिनँ । पछि हाम्रो संस्कृति जोगाउन हामी नै लाग्नुपर्छ भन्ने मनमा लाग्यो अनि सिकेर बजाउँदै आएको छु,’ उनले भनिन्, ‘सबै जातिको आफ्नै संस्कृति छ । त्यस्तै हाम्रो संस्कृति भनेकै सारंगी वादन र गीत रहेछ भनेर नै अहिले साना–साना भाइबहिनीलाई पनि सिकाइरहेको छु ।’ युवापुस्ताले संस्कृति जोगाउन ध्यान नदिने हो भने लोप भएर जाने उनको तर्क छ ।
नेपाल गन्धर्व समुदाय विकास केन्द्रका अध्यक्ष सूर्यबहादुर गायकले पनि गायन र सारंगी वादन संस्कृति जोगाउन कार्यक्रम गरिएको बताए । पछिल्लो पुस्ताले मंगल, महाल, कर्खा, पिडुल, मालश्री, नौराग, बाहमासे गित बिर्संदै गएकोमा उनको चिन्ता छ । यो संरक्षणका लागि केन्द्रले कार्यक्रम गरिरहेको उनले सुनाए । ‘हामी र हामीभन्दा तल्लो पुस्ताले सबै गीत बिर्संदै गएका छन् । यी गीत जोगाउन २०६४ सालमा कर्खा गायन प्रतियोगिता ग¥यौं,’ उनले भने, ‘अहिले सारंगी वादन प्रतियोगिता सक्यांै । योसँगै ७ वर्षभन्दा माथिका बच्चाहरुलाई सारंगी वादन तालिम दिइरहेका छौं ।’ सारंगी जानिसकेकाहरुलाई गन्धर्व गीतको प्रशिक्षण दिइरहेको उनले सुनाए ।
कास्कीका गोविन्द प्रथम
प्रतियोगितामा कास्कीका गोविन्द गायक प्रथम भएका छन् । ३५ प्रतिस्पर्धीलाई पछि पार्दै गोविन्द सारंगी वादन प्रतियोतिगामा प्रथम भएका हुन् । उनले उपाधिसहित ३५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे ।
बागलुङका राजेश गन्धर्वले दोस्रो र कास्कीका विमल गायक तेस्रो भए । उनीहरुले क्रमशः २५ र १५ हजार हात पारे । गोरखका सुमन गन्धारी चौंथो भए । उनले ७ हजार ५ सय रुपैयाँ पुरस्कार पाए । प्रोत्साहन पुरस्कार स्वरुप तनहुँकी अरुणा गन्धर्वले २ हजार ५ सय रुपैयाँ पाए । विजेतालाई संस्कृतविद् डा. जगमान गुरुङ, नेपाल गन्धर्व समुदाय विकास केन्द्र अध्यक्ष सूर्यबहादुर गायकले पुरस्कार वितरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
तामाङ मातृभाषा प्रशिक्षण
अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसी सम्मानित
नासा सम्मेलनमा भाग लिन पेकका विद्यार्थी प्रस्थान
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्समा आइटी एक्स्पो हुने
hero news full width
मुख्य समाचार
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०