राम्जा पोखरा समाजको क्यालेन्डर

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०८०
ramja

पोखरा । राम्जा पोखरा सम्पर्क समाजले नववर्षको शुभकामना आदाप्रदान तथा क्यालेन्डर विमोचन शनिबार गरेको छ । कार्यक्रममा प्रमुख अतिथि समाजका ज्येष्ठ व्यक्ति जुद्धबहादुर (जुठेबहादुर) गुरुङ लगायतले क्यालेन्डर विमोचन गरे । सचिव सूर्य पौडेलले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष मीना तिमिल्सिनाले समाजले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराइन् ।

उक्त अवसरमा निवर्तमान अध्यक्ष प्रेमबहादुर खत्री गौतम, सल्लाहकार नरेन्द्रराज पौडेल, यामबहादुर गुरुङ, धीरबहादुर गुरुङले समाजको महत्वका बारेमा भनाइ राखे । कार्यक्रमका लागि प्रमुख अतिथि जुद्धबहादुर, प्रेमबहालदुर खत्री, मोतिलाल शर्मा, राजेन्द्र तिमिल्सिना, यदुनाथ गौतमे आर्थिक सहयोग गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width