नयन सहकारीमा रक्तदान

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०८०
nayan sahakari

पोखरा । पोखरा २६ मा रहेको नयन बचत तथा ऋण सहकारी संस्थाले ११ औं स्थापना दिवसका अवसरमा आयोजना गरेको र क्तदानमा ३९ युनिट रगत संकलन भएको छ ।
पोखरा १० को अमरसिंहचोक सेवा केन्द्रमा भएको कार्यक्रमबीच संस्थाको भित्तेपात्रो विमोचन गरिएको छ ।

पहिलो रक्तदाता संस्थाका सहसचिव शोभामोहन सुवेदीलाई ब्लडब्याग हस्तान्तरण गरी जिल्ला सहकारी संघ कास्कीकी अध्यक्ष सावित्रा कोइरालाले रक्तदान शुभारम्भ गरिन् । उनले सहकारीले स्थानीयस्तरमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै सेयर सदस्यको आयआर्जनमा सघाउ पुग्ने खालका कार्यक्रम ल्याउनुपर्ने सुझाव दिइन् ।

संस्थाका अध्यक्ष टीकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा अर्घौं कृषि सहकारीकी उपाध्यक्ष पार्वती भट्टराई, अर्घौ बजार व्यवस्थापन समितिका उपाध्यक्ष वेलप्रसाद सापकोटा, संस्थाका सचिव शिवहरि सुवेदी र कार्यक्रम संयोजक यामनारायण श्रेष्ठ लगायतले सहकारीले आयआर्जनका लागि मात्र काम नगरी समाजमा सकारात्मक सन्देस दिनेखालका कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width