सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७९
PMC Interaction With Local

पोखरा । सामुदायिक शैक्षिक संस्थालाई समुदायको निगरानी र माया चाहिने सरोकारवालाले बताएका छन् । सामुुदायिक संस्थाको महŒव समुदायले नबुझ्दा समस्या पर्ने गरेको उनीहरूको भनाइ छ ।

पोखराको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुुखी क्याम्पसले शनिबार आयोजना गरेको क्याम्पस र समुदायबीचको छलफलमा त्यसका क्षेत्रका बासिन्दाले समुदायले नै सामुदायिक संस्थालाई जोगाउनुपर्ने बताए । सामुदायिक संस्था त्यो समुदायको पहिचानसमेत भएको उनीहरूको भनाइ छ । सामुदायिक शैक्षिक संस्थालाई त झनै समुदायको सहयोग चाहिने उनीहरूले बताए ।

टोल संस्था विकास समन्वय समितिका अध्यक्ष उत्तम जोशीले क्याम्पस सञ्चालक समिति, समुदाय, क्याम्पस प्रशासन, शिक्षक र विद्यार्थी सबैको सहभातिामा सामुदायिक शैक्षिक संस्थाले गति लिने बताए । ‘गुणस्तर र संख्यामा मात्र ध्यान नदिई अब संस्कार पनि यस्ता सामुदायिक शैक्षिक संस्थाले सिकाउनुपर्ने आवश्यकता छ । किनकि पछिल्लो पुस्ता संस्कारका सिकाइबाट विमुख हुँदै गएको छ,’ उनले भने ।

पोखरा–९, बास्तोलाथर टोल विकास संस्थाका प्रकाश बास्तोलाले सामुदायिक क्याम्पसप्रति समुदायको ध्यान तान्न जरुरी रहेको बताए । उनले सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिने हो भने सामुदायिक शैक्षिक संस्था अब्बल हुँदै जाने बताए । ‘विद्यार्थीको रुचिअनुसारको शिक्षा दिने हो भने नजिकैको क्याम्पसमा पक्कै आउनेछन्, त्यसका लागि सबैको सहकार्य उत्तिकै महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘विद्यार्थीले कस्तो शिक्षा र विषय चाहेको हो भन्ने बुुझ्ने हो भने सामुदायिक संस्था पनि अब्बल हुनेछन् ।’

सामुदायिक क्याम्पसप्रति समुदायको ध्यान तान्न जरुरी

स्थानीय जनकल्याण महिला समूहकी अध्यक्ष बिमला परियारलले छोराछोरीलाई पढ्न पठाएर मात्र अभिभावकको कर्तव्य पूरा नहुने बताइन् । आफ्ना छोराछोरीले कस्तो पढेका छन् र शिक्षकको अध्यापन शैली कस्तो छ भनेर अभिभाकवले पनि चासो दिनुपर्ने उनले बताइन् ।

पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले शैक्षिक संस्था र समुदायबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने बताए । ‘सामुदायिक संस्थालाई समुदायको स्वामित्व चाहिन्छ, सामुदायिक भन्नासाथ समुदायको भरमा चल्ने हो, यस्ता संस्थामा समुदाय पनि सहभागी हुनुपर्छ,’ उनले भने, ‘सहरको पहिचानमा विभिन्न सुविधा चाहिए जस्तै सामुदायिक शैक्षिक संस्था पनि आवश्यक छ । पोखराको पहिचानभित्र सामुदायिक क्याम्पस पनि पर्छ ।’ यस्ता संस्थालाई समुदायको निगरानी चाहिने उनले बताए ।

पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष बद्री श्रेष्ठले सामूहिक प्रयासमा क्याम्पस सञ्चालन भएकोले अबको बाटोमा पनि समुदायको साथ चाहिने बताए । सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचनले समुदायको सद्भावमा मात्र सामुदायिक सम्पत्तिको जगेर्ना हुने बताए । सामुदायिक सम्पत्ति संरक्षणमा सबैको उत्तिकै योगदान हुने उनले बताए । ‘यो क्याम्पस समुदायको पनि सम्पत्ति हो, सबै मिलेर संरक्षण गरौं,’ उनले भने ।

क्याम्पस प्रमुख शिशुकला पराजुलीले महँगो स्वास्थ्य र शिक्षाका कारण अहिले स्वदेशमा भविष्य सुरक्षित नदेखेर धेरै युवायुवती विदेशिएकाले उनीहरूलाई रोक्न पनि सामुदायिक संस्था महत्वपूर्ण रहेको बताइन् । ‘सस्तो र सुुलभ दरमा स्वदेशमै गुणस्तरीय शिक्षा पाइन्छ भन्ने निश्चित हुने हो भने पढ्नकै लागि बाहिर जानुपर्ने थिएन,’ उनले भनिन् । सामुदायिक शैक्षिक संस्था समुदायको पनि सम्पत्ति भएकाले सबै मिलेर संरक्षणमा जुट्ने हो भने यसले समुदायलाई नै लाभ दिने उनले बताइन् । २०४४ सालमा स्थापना भएको यो क्याम्पस अहिले पोखरा–९ शान्तिवन बाटिकामा सञ्चालित छ । क्याम्पसमा ४ वर्षे स्नातक तहमा बिए र बिबिएस अध्यापन हुन्छ ।

पोखरा बहुमुुखी क्याम्पसमा शनिबार आयोजित समुदायसँगको छलफलमा सहभागीहरू ।

Related News

सम्बन्धित समाचार

  • रास्वपा पोखरा २६ गठन

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । पोखरा २६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेलाले वैकुण्ठ बरालको अध्यक्षतामा तदर्थ वडा समिति गठन गरेको छ ।…
  • सेती संरक्षण र बसपार्क निर्माणमा वडाध्यक्षको प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । पोखरा ९ वडा कार्यालयले शनिबार पोखरामा सार्वजनिक सुनुवाइ गरेको छ । वडावासीले सोधेका प्रश्नका जवाफ दिँदै वडाध्यक्ष दीपेन्द्र…
  • मगर संघ बुढीबजारमा रामबहादुर

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    लेखनाथ । नेपाल मगर संघ बुढीबजार इकाइ समितिको शुक्रबार ११ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले रामबहादुर रानामगरको अध्यक्षतामा…
  • हेम्जा बोर्डिङमा जुरेस

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । हेम्जा बोर्डिङ स्कुलमा जुनियर रेडक्रस सर्कल गठन भएको छ । विद्यार्थीहरुको भेलाले रिया दर्नालको अध्यक्षतामा नया समिति गठन…
  • कल्याण शेरचन प्रतिष्ठानमा पूर्णबहादुर

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठान अध्यक्षमा पूर्णबहादुर गुरुङ ह्योल्मोको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको छ । शनिबार पोखरामा…

hero news full width