लापरवाहीले बढ्यो सडक दुर्घटना

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७९
road sefty

लेखनाथ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत राष्ट्रिय सडक सुरक्षा परिषद्को आयोजनामा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम शनिबार भएको छ ।

नाशा नेपालको संयोजन र लेखनाथ उद्योग वाणिज्य संघको व्यवस्थापनमा कार्यक्रम भएको हो । कार्यक्रममा गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात सचिव तुलसीराम भट्टराईले सडक पूर्वाधारको विकाससँगै सडक सुरक्षा राज्यको प्रमुख चुनौतीको विषय बनेको बताए । उनले साँघुरा र मापदण्ड बिना निर्माण गरिएका सडकहरु सवारी दुर्घटनाका प्रमुख कारण रहेको भनाइ राखे । उनले भने, ‘नेपालमा सवारी दुर्घटना हुनुमा सडक अनुशासन पालना नगर्नु, दक्ष र अनुभवी चालकको कमी, मापदण्ड विपरित बनेका सडक संरचना सवारी साधनको कमजोर अवस्था लगायत कारण छन् ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले सडक दुर्घटनाको अवस्था भयावह रहेको बताउदै सडकको अवस्था, नीति नियमको पालना नगर्दा र सवारी साधनको अवस्थाका कारणले सडक दुर्घटना बढेको भनाइ राखे ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, संघका पूर्व अध्यक्ष सुमन भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ सई प्रविण आचार्य, भौतिक पूर्वाधार तथा यातायात विभागका निर्देशक रामचन्द्र पौडेल, सिनियर डिभिजन इन्जिनियर सुरेश श्रेष्ठ, अटोमोबाइल एसोसिएसनका इन्जिनियर सुयोग खनाल, नेपाल इन्जिनियरिङ एसोसिएसन गण्डकी प्रदेशका सदस्य बिजेन्द्र केसी, नेपाल नाशाका प्रतिनिधि गोविन्द भट्टराई लगायतले नेपालमा सवारी साधानको स्थिति सडक सुरक्षा स्थिति, राष्ट्रिय यातायात नीति, रणनीति लगायतका सडक सुरक्षा सम्बन्धी सचेतनामूलक विषयवस्तुमा प्रकाश पारेका थिए ।

उक्त अवसरमा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरीको संयोजकत्वमा गण्डकी सडक सुरक्षा परिषद् गठन गरिएको छ । गठित कार्य समूहको सदस्यहरुमा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुमन भट्टराई, पत्रकार कविराज खनाल, सुरेन्द्र पौडेल, इन्जिनियर, बिजेन्द्र केसी सदस्य छन् ।

Related News

सम्बन्धित समाचार

  • रास्वपा पोखरा २६ गठन

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । पोखरा २६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेलाले वैकुण्ठ बरालको अध्यक्षतामा तदर्थ वडा समिति गठन गरेको छ ।…
  • सेती संरक्षण र बसपार्क निर्माणमा वडाध्यक्षको प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । पोखरा ९ वडा कार्यालयले शनिबार पोखरामा सार्वजनिक सुनुवाइ गरेको छ । वडावासीले सोधेका प्रश्नका जवाफ दिँदै वडाध्यक्ष दीपेन्द्र…
  • मगर संघ बुढीबजारमा रामबहादुर

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    लेखनाथ । नेपाल मगर संघ बुढीबजार इकाइ समितिको शुक्रबार ११ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले रामबहादुर रानामगरको अध्यक्षतामा…
  • हेम्जा बोर्डिङमा जुरेस

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । हेम्जा बोर्डिङ स्कुलमा जुनियर रेडक्रस सर्कल गठन भएको छ । विद्यार्थीहरुको भेलाले रिया दर्नालको अध्यक्षतामा नया समिति गठन…
  • कल्याण शेरचन प्रतिष्ठानमा पूर्णबहादुर

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठान अध्यक्षमा पूर्णबहादुर गुरुङ ह्योल्मोको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको छ । शनिबार पोखरामा…

hero news full width