५/३ जिआरलाई भूपू भलिबल प्रतियोगिताको उपाधि

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७९
Pension Camp Volleyball

पोखरा, १८ चैत । भारतीय पेन्सन वितरण कार्यालय पोखरामा आयोजित अन्तर बटालियन भूपू भलिबल प्रतियोगिताको उपाधि ५/३ जिआरले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा ३/९ जिआरलाई ३–१ सेटले पराजित गर्दै ५/३ जिआरले ४० हजार रुपैयाँ नगदसहित ट्रफी हात पारेको हो । उपविजेता ३/९ जिआरले २५ हजार रुपैयाँ प्राप्त गर्‍यो ।

प्रतियोगितामा आयोजक भारतीय पेन्सन वितरण कार्यालय पोखरा तेस्रो भएको थियो ।

भारतीय पेन्सन वितरण कार्यालयका प्रमुख लेफ्टिनेण्ट कर्णेल प्रशान्त सिंह बगेल, नेपाल एसबिआई बैंक लिमिटेड पोखराका प्रवन्धक जयनारायण घिमिरे र एभरेस्ट बैंक लिमिटेड लिमिटेड पोखराका प्रबन्धक उज्वलराज शर्माले विजेता र उपविजेता टिमलाई ट्रफी, चेक र पदक प्रदान गरेका थिए । रेफ्री र अफिसियलहरुलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।

भारतीय पूर्व सैनिकहरुबीच भाइचार अभिवृद्धि गर्न, पुराना स्मृति साटासाट गर्न तथा असल स्वास्थ्यका लागि भारतीय स्वतन्त्रताको अमृत महोत्सवका अवसरमा प्रतियोगिता आयोजना गरिएको कार्यालयले जनाएको छ । चैत ८ गतेबाट सुरु भएको प्रतियोगितामा १६ टिमले भाग लिएका थिए । लिग कम नकआउटका आधारमा भएको प्रतिस्पर्धा बेस्ट अफ थ्री सेटका आधारमा खेलाइएको थियो । सेमिफाइनल भने बेस्ट अफ फाइभ सेटका आधारमा खेलाइएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width