पोखरा । पोखराबाट गत महिना बेपत्ता भएकी ४४ वर्षीय शान्ति श्रेष्ठको हत्याकाण्डमा संलग्न अभियुक्तलाई तनहुँ प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल–५ घर भइ पोखरा घारीपाटन बस्ने ३५ वर्षीय चित्र भनिने प्रकाश सुनार हुन् । सुनारलाई प्रहरीले १५ चैतमा तनहुँको थप्रेकबाट पक्राउ गरेको जनाएको छ ।
काभ्रेपलाञ्चोकको पाँचखाल ५ घर भइ हाल पोखरा ३३, बाघमारामा बस्दै आएकी शान्ति गत २१ फागुनमा बेपत्ता भएकी थिइन् । पतिको ५ वर्षअघि मृत्यु भएपछि उनले पोखरा अमरसिंहचोकमा फलफूलको व्यापार गर्ने गर्थिन् । उनी एक्कासि बेपत्ता भएपछि चारैतिर खोजी भए पनि पत्ता लाग्न सकेको थिएन । उनको परिवारले ६ चैतमा जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजतलासका लागि निवेदन दिएका थिए ।
पोखरा ३३ बाघमारा बस्ने शान्ति श्रेष्ठ गत महिनादेखि बेपत्ता थिइन्
यत्तिकैमा उनको शव सोमबार तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित पीपलटार खानेपानी उपभोक्ता समितिको खानेपानी टंकीभित्र फेला परेको हो । घरघरमा वितरण गरिएको खानेपानी पिउन नमिल्ने गरी दुर्गन्धित भएपछि उपभोक्ताले गुनासो गरे । पृथ्वीराजमार्ग विस्तारको क्रममा ठाउँ ठाउँमा पाइप काटिएकाले पानी धमिलो र दुर्गन्धित भएको अनुमान उपभोक्ता समितिको थियो । १ सय ३८ घरधुरीमा बाँडिएको खानेपानीबारे निकै गुनासो आएपछि उपभोक्ता समितिले खानेपानीको ट्यांकी खोलेर हेर्दा क्षतविक्षत अवस्थामा महिलाको शव फेला परेको थियो । शव फेला परेको भोलिपल्ट उनका आफन्तले हातको दाग आधारमा शान्तिको भन्ने सनाखत गरे ।
जिल्ला प्रहरी कार्यालय तनहुँले हत्याको अनुसन्धान गर्दै गर्दा सुनारले हत्या गरेर खानेपानी ट्यांकीभित्र शव फालेको अनुसन्धानबाट खुलेको तनहुँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश बिस्टले बताए । सापटी दिएको रकम फिर्ता नगरेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको एसपी बिस्टले बताए । हत्यापछि महिलासँग भएको गरगहना र मोबाइल लुटिएको छ । हत्यापछि सुनारले ती गहना पोखरा महेन्द्रपुलको एक सुनचाँदी पसलमा लगेर बिक्री गरेका थिए । सुनचाँदी पसलका संचालक रविनकुमार गहतराजलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका दुवै जनालाई ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए ।
अनुसन्धान विवरण अनुसार शान्ति र प्रकाशको २ वर्ष अगाडि चिनजान भएको थियो । अमरसिंह चोकमा फलफूलको व्यापार गर्ने शान्तिसँग सवारीचालक सुनारको फलफूल लगायतका खाद्यान्न ढुवानी गर्नेक्रममा चिनजान भएको हो । सम्बन्ध घनिष्ठ बन्दै गएपछि आपसी लेनदेन हुन थाल्यो । २ महिनाअघि शान्तिले छोराको उपचारका लागि प्रकाशसँग १० हजार मागेकी थिइन् । प्रकाशले सापटी फिर्ता माग्दा छोरा बिरामी भएकाले तत्काल दिन नसक्ने भनी इन्कार गरिन् । त्यसपछि दुवैबीच मनमुटाव बढ्यो । २१ फागुनमा पैसा दिने भनेर शान्तिले प्रकाशलाई खैरेनीटार लगेकी थिइन् । त्यहाँ विवाद भएपछि सुनारले इँट्टा प्रहार गरेर हत्या गरेको खुलेको छ । हत्याकाण्डको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
तामाङ मातृभाषा प्रशिक्षण
अन्नपूर्ण गाउँपालिका अध्यक्ष केसी सम्मानित
नासा सम्मेलनमा भाग लिन पेकका विद्यार्थी प्रस्थान
पोखराको फूलबारीका रिखीराम नहरमा मृत भेटिए
गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्समा आइटी एक्स्पो हुने
hero news full width
मुख्य समाचार
गलेश्वर मन्दिर कोषमा ३ करोड ९५ लाख भेटी
नार्पाभूमि गाउँपालिकाको बजेट १ जनाको भागमा साढे ३ लाख
जेठ २३, २०८०एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
जेठ २२, २०८०पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०