पोखरा । सेन्टर फर इनर्जी एन्ड इन्भाइरोमेन्ट नेपाल र पोखरा १२ वडा कार्यालयबीच फोहोर न्यूनीकरणका सहकार्य गर्नेबारे सम्झौता भएको छ ।
‘प्लास्टिक फोहोर व्यवस्थित वडा परियोजना’ कार्यक्रममा वडाको तर्फबाट वडाध्यक्ष सन्तोष बास्तोला र कम्पनीका तर्फबाट अध्यक्ष प्राडा कृष्णराज श्रेष्ठले हस्ताक्षर गरेका हुन् । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) नेपालले ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी (जिइएफ) अन्तर्गत स्मल ग्रान्ट्स प्रोग्राम (एसजीएफ) मार्फत परियोजनालाई आर्थिक सहयोग गर्ने छ । परियोजनाका लागि ब्लु वेस्ट टु भ्यालु प्रालि र ग्रिन रोड वेस्ट म्यानेजमेन्ट प्रालिले प्राविधिक सहयोग पु¥याउने छन् ।
पहिलो चरणमा वडामा कसरी फोहोर व्यवस्थापन भइरहेको छ, कुहिने र नकुहिने फोहोरको अवस्था कस्तो छ जस्ता तथ्यांक संकलन गरिने छ । समुदायस्तरमा नै प्लास्टिकजन्य फोहोरको मात्रा शून्यमा झार्ने प्रणालीको विकास गर्ने, फोहोर घटाउने, पुनः प्रयोग गर्ने र विस्थापित गर्न सचेतना फैलाउने, नमुनाकै लागि भए पनि प्लास्टिकको सडक तयार गर्ने र यसबाट इन्धन निकाल्ने लक्ष्य समेत राखिएको छ ।
यो कार्यक्रम पोखराका अन्य वडामा पनि लागु गर्न चाहे सघाइने जनाइएको छ । कार्यक्रम कार्यान्वयन हुँदै जाँदा वातावरणमैत्री कटनको झोलाको प्रवद्र्धन हुने र प्लास्टिकको प्रयोग नगन्य अवस्थामा पु¥याउने उद्देश्य छ । कार्यक्रमलाई पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेको छ ।
यसअघि फोहोर व्यवस्थापन र प्लास्टिकको प्रयोग तथा पुनः प्रयोग र यसको न्युनीकरण सम्बन्धमा वडा र अन्य साझेदार निकायद्वारा वडावासी समक्ष प्रस्तुति राखी अन्तक्र्रिया गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
hero news full width
मुख्य समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
जेठ २१, २०८०गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
जेठ २१, २०८०