लेखनाथ । गण्डकी मिजार समाज पोखरा–२६ सक्नेरीले बिहीबार आयोजना गरेको कार्यक्रममा ६८ युनिट रगत संकलन भएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले एक पोका रगतले गर्दा २ जनालाई बचाउन सकिने भएकाले रक्तदान गर्न र अरुलाई पनि बेला बेलामा रक्तदान गर्नुपर्छ भन्ने कुरा सिकाउन आग्रह गरे ।
वडाध्यक्ष थापाले समाजले गर्दै आइरहेका गतिविधिहरुलाई आफूले विगतदेखि नै नियालिरहेको बताउँदै समाज परिवर्तनका धेरै कार्यहरु गर्दै आइरहेकोमा प्रशंसा गरे । वडाको तर्फबाट समाजको निर्माणाधीन भवनलाई सम्पन्न गर्न आगामी आर्थिक वर्षमा केही रकम छुट्याउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
कार्यक्रममा धादिङ सम्पर्क समाजका अध्यक्ष राजु पाण्डे, महासचिव हरि पन्त, लेखनाथ पत्रकार मञ्चका संस्थापक अध्यक्ष भिमपाणि बराल, लेखनाथ निर्माण व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष भीम नेपाली ‘काइँला’ लायन्स क्लब इन्टरनेसनल ३२५ जे का डिस्ट्रिक्ट अफिसर रामचन्द्र सेढाईं, मिजार समाज गण्डकीका सल्लाहकार तीलक रोका लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष गोपाल नेपालीको अध्यक्षतामा समपन्न कार्यक्रम उपाध्यक्ष मनबहादुर चर्मकारले स्वागत र सल्लाहकार बुद्धराज बस्यालले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
रास्वपा पोखरा २६ गठन
सेती संरक्षण र बसपार्क निर्माणमा वडाध्यक्षको प्रतिबद्धता
मगर संघ बुढीबजारमा रामबहादुर
हेम्जा बोर्डिङमा जुरेस
कल्याण शेरचन प्रतिष्ठानमा पूर्णबहादुर
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०