पोखरा । स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौं शाखाको पाँचौ जिल्ला अधिवेशन तथा छैटौं साधारण सभा भएको छ ।
अधिवेशनले पुस्करराज पाण्डेको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समिति उपाध्यक्ष सावित्री बस्नेत, कोषाध्यक्ष रीता श्रेष्ठ प्रधान, सचिव कृष्णराज तिमिल्सिना, सहसचिव अनील पाण्डे निर्वाचित भए । सदस्यहरू प्रदीप श्रेष्ठ र रुश्मा राई निर्वाचित भए । राष्ट्रिय पार्सदमा चन्द्रबहादुर खत्री, प्रताप राना मगर र वसन्तराज घिमिरे निर्वाचित भए ।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सभा उद्घाटन गर्दै स्वतन्त्र पत्रकारले देश र जनताका लागि निभाउनुपर्ने भूमिकामाथि प्रकाश पार्दै निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिए ।
कार्यक्रममा संघका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष केबी सम्राट, उपमहासचिव रत्न प्रजापति, कोषाध्यक्ष बद्री दुलाल, राष्ट्रिय सल्लाहकार डा. इन्दुल केसी, जिल्ला सल्लाहकार माता भद्रकाली, वरिष्ठ सञ्चारकर्मी श्रीराम पुडासैनीले मन्तव्य राखेको थिए ।
यस्तै, राष्ट्रिय पार्सद कृष्ण केसी, प्रताप रानामगर, ललितपुर जिल्ला अध्यक्ष उपेश नौवाग, भक्तपुर जिल्ला अध्यक्ष सुरेशप्रसाद सैजु, अछाम जिल्ला अध्यक्ष विष्णुबहादुर खड्का, काभ्रेपलान्चोक जिल्ला संयोजक चन्द्रबहादुर लामालगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
सापकोटा कल्याण केन्द्र कास्कीमा यमनाथ
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०