पोखरा । ढाका र करुवा पाल्पाका खास चिनारी हुन् । तर यसको खास बजारीकरण हुन सकेको छैन । पोखरामा बसोबास गर्ने पाल्पालीहरुले पाल्पाली ढाका, करुवा सहित त्यहाँका उत्पादन पोखरा भित्राएका छन् । त्यो पनि सुपथ मूल्यमा ।
हुन त पाल्पा र पोखराको पुरानो सम्बन्ध हो । पहिले पोखरेली पढ्न पाल्पा जान्थे । समयक्रमसँगै विभिन्न कामकाजको सिलसिलामा पाल्पालीहरु पोखरा झरे । पाल्पा जिल्ला घर भई हाल पोखरामा विभिन्न पेसा, व्यवसाय, अध्ययनको सिलसिलामा उनीहरुले पाल्पाली समाज पोखरा स्थापना गरे । सम्पर्क समाजमा यो सबैभन्दा पुरानो पनि हो । समाजकै पहलमा पाल्पा हाउस प्रालि, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था र पाल्पाली कोलोनी खुलेका छन् ।
पाल्पा हाउस प्रालिले करिब २ करोड लागतमा पोखराको न्युरोडमा पाल्पा हाउस सञ्चालनमा ल्याएको छ । प्रेमको प्रतीक रानीमहलको स्वरुपमा निर्मित दुईतले भवनमा पाल्पाली ढाका, करुवा लगायत पाइने छन् ।
कम्पनी अध्यक्ष कुलप्रसाद घिमिरेले पाल्पाका मौलिक उत्पादन पोखरामा बिक्री गर्ने उद्देश्यले पाल्पा हाउस संचालन गरिएको बताए । १० वर्षको लागि जग्गा लिजमा लिएर निर्मित पाल्पा हाउसमा १७ सटरमा विभिन्न खालका पसल संचालित छन् । कम्पनीले संचालन गरेको रानीमहल रेस्टुरेन्टमा पाल्पाली परिकार चुकाउनी, बटुक, छोइला लगायत पस्किने छ । यस्तै पाल्पा हाउसमा पाल्पाका फलफूल, तरकारी लगायतका कृषिजन्य उत्पादनहरु एकैथलोमा उपलब्ध हुनेछ ।
करिब २ करोड लागतमा पोखराको न्युरोडमा पाल्पा हाउस सञ्चालनमा आएको हो
यसले पाल्पा र पोखराको पर्यटनसहित आर्थिक गतिविधिमा ठूलो महत्व राख्ने विश्वास गरिएको पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था अध्यक्ष चिरञ्जीवी श्रेष्ठले बताए ।
पाल्पाली समाज पोखराका अध्यक्ष रेशम थापाले आर्थिक गतिविधिसँगै पर्यटन पर्यटनमा यसले विशेष महत्व राख्ने बताउँछन् । उद्घाटनपछि केही समय हरेक सटर र रेष्टुरेन्टमा ग्राहकलाई १० प्रतिशत छुटको व्यवस्था मिलाइएको बुधबार आयोजित पत्रकार सम्मेलनमा संचालकमध्येका एक खेम सारुले बताए । पाल्पा हाउसले २ जिल्लाको मात्र पर्यटन प्रवद्र्धन नभइ समग्र गण्डकी र लुम्बिनी प्रदेशकै प्रवद्र्धनमा टेवा दिने कम्पनीको विश्वास छ । पाल्पा हाउस मुलुकका विभिन्न सहरमा पनि बिस्तार गर्दै जाने लक्ष्य रहेको कम्पनी अध्यक्ष घिमिरेले बताए । पाल्पा हाउसमा हाल ७० जना सेयर सदस्य छन् ।
पाल्पा हाउसको शुक्रबार पोखराका मेयर धनराज आचार्य र तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले संयुक्त उद्घाटन गर्ने छन् ।
Related News
सम्बन्धित समाचार
रास्वपा पोखरा २६ गठन
सेती संरक्षण र बसपार्क निर्माणमा वडाध्यक्षको प्रतिबद्धता
मगर संघ बुढीबजारमा रामबहादुर
हेम्जा बोर्डिङमा जुरेस
कल्याण शेरचन प्रतिष्ठानमा पूर्णबहादुर
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०