राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७९
334388746_883682962918245_7109814785704308753_n

काठमाडौं। सामाजिक लोकतन्त्र अध्ययन केन्द्र काठमाडौँले राष्ट्रपति रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा केन्द्रका अध्यक्ष मधु आचार्य र महासचिव डा परमेश्वर पोखरेलद्वारा हस्ताक्षरित सम्मानपत्र अध्यक्ष आचार्यले राष्ट्रपति पौडेललाई प्रदान गर्नुभयो । सो अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्ने गरी धेरै काम गर्न बाँकी रहेकाले अबका हाम्रा काम र कार्यक्रम त्यसतर्फ लक्षित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

विशेषत पिछडिएका ग्रामीण क्षेत्रका गरीव र निमुखा जनताको लाभ र हित हुने गरी काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । मुलुकमा आएको राजनीतिक परिवर्तनसागै सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले नेपाली समाज, संस्था र राजनीतिक दलहरुको लोकतान्त्रिककरणमा निभाएको प्रवाभकारी भूमिकाको राष्ट्रपति पौडेलले प्रशंसा गर्दै आगामी दिनमा यस क्षेत्रमा अझै सशक्त ढंगले काम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

सो अवसरमा अध्यक्ष आचार्य, उपाध्यक्षहरु प्राध्यापक डा विष्णुशंकर पौडेल, वरिष्ठ अधिवक्ता सीताराम केसी, महासचिव डा पोखरेल, सचिव खगेन्द्र आचार्य, कोषाध्यक्ष डा राजकुमार राई, सल्लाहकारहरु बावुराम कुँवर, गणेशचन्द्र अधिकारी, भोजराज रेग्मी, वसन्त गौतम, डा मुक्ति श्रेष्ठ, सदस्यहरु कल्याणी रिजाल, विमला नेपाली, डा मुन्नि शर्मा, राजेन्द्रराज पौडेल, मुन्निलाल यादव, इन्द्रनारायण भैल, प्रभात आले, डिपी अधिकारी, कृष्णव्रत सिंह, डीना श्रेष्ठ लगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width