पोखरा । पोखरा महानगरपालिका र घोराही उपमहानगरपालिकाको न्यायिक समितिबीच अनुभव आदानप्रदान गरिएको छ । घोराहीका उपप्रमुख हुमकुमारी डिसीको नेतृत्वमा आएको न्यायिक समितिले पोखराका उपप्रमुख मञ्जुदेवी गुरुङसँग भेट गर्दै न्याय सम्पादनबारे अनुभव आदानप्रदान गरेका छन् ।
घोराहीको टोलीमा प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, वडा सदस्य राजीवराज हौजली, धर्मराम चौधरी, मोहनराज आचार्य, लक्ष्मण अधिकारी, उपेन्द्र अंगेलि, ओमप्रकाश बस्तेत, गोपाल खड्का, तारा पुरी सहभागी थिए । पोखराका तर्फबाट न्यायिक समिति सदस्य भावना श्रेष्ठ र समितिका अभिलेख संरक्षक राममणि अधिकारी सहभागी थिए ।
भेटमा पोखराका उपप्रमुख गुरुङले महानगरले न्यायिक समितिमा आउने विवादका प्रकृति, विवादको अवस्थालगायत समग्र विषयमा जानकारी गराएकी थिइन् ।
पोखरा महानगरमा मानाचामल, जग्गा खिचलो, ज्येष्ठ नागरिकलाई पालनपोषण नगरेको, साँध सिमाना मिचेको लगायत विवाद बढी आउने गरेका छन् । उपमेयर गुरुङले विवाद समाधानका लागि वडाहरुमा मेलमिलाप केन्द्र स्थापना, मेलमिलापकर्ताको सूचीकरणबारे जानकारी गराइन् ।
Related News
सम्बन्धित समाचार
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
सफा हिमाल अभियान : ३५ हजार ७०० किलो फोहर संकलन
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
सापकोटा कल्याण केन्द्र कास्कीमा यमनाथ
hero news full width
मुख्य समाचार
एमाले प्रमुख सचेतकमा बागलुङका गोविन्द नेपाली
पर्वतीय संग्रहालय परिसरमा ३२ प्रजातिका चरा
जेठ २२, २०८०अनेरास्ववियु गण्डकी संयोजकमा आरके पोखरेल
जेठ २२, २०८०जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जेठ २२, २०८०गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०