हेमजा । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जनपक्षीय पत्रकारिता हराउँदै गएको बताएका छन् । प्रेस सेन्टर नेपाल कास्की शाखाले शनिबार भएको अन्तत्र्रिmया, साधारणसभा तथा सम्मान कार्यक्रममा सो कुरा बताएका हुन् । पत्रकारले आवाजविहीन जनताको आवाजलाई प्राथमिकता दिनुपर्ने भन्दै नेपालका राजनीतिक परिवर्तनमा पत्रकारको भूमिका रहेको स्मरण गरे ।
गुरुङले नेपालमा गणतन्त्रका पक्षधरलाई विभाजन गर्ने प्रयास भइरहेकाले सचेत बन्नुपर्ने बताए । प्रचण्ड नेतृत्वको सरकारले पुनः विश्वास मत पाउने दाबी गर्दै एमाले र राप्रपामात्रै सरकार बाहिर रहने अवस्था बन्नसक्ने संकेत गरे ।
प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा (जुगल) ले पत्रकारहरुले निर्भीकरुपमा कलम चनाउनुपर्नेमा जोड दिए । खराब काममा खबरदारी गर्नु र असल कामलाई प्रचारप्रसार गर्नु पत्रकारिताको धर्म हुने भन्दै अध्यक्ष सापकोटाले अब गहन छलफल गरी संगठनलाई अघि बढाउने सुनाए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामजीप्रसाद बराल, प्रदेश अध्यक्ष गायत्री गुरुङ, पार्टीका केन्द्रीय अनुशासन आयोग सदस्य कोमलनाथ बराल, प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवाली, महासचिव सन्तोष पौडेल, सचिव माधव पनेरु, प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुली, सेन्टर प्रदेश अध्यक्ष अर्जुन काफ्ले, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीलगायतले जनपक्षीय पत्रकारिताको आवश्यकता औंल्याए ।
कार्यक्रमबीच थमन महेश स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट विभु भुषाल पुरस्कृत भए । भुषाललाई नगद २५ हजार १, ढाका टोपीसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
सेन्टरले संस्थागत सुदृढीकरण तथा कास्कीको पत्रकारितामा योगदान पु¥याएका अग्रज पत्रकार कोमलनाथ बराल, कुसुमकेशव पराजुली, नारायण भट्टराई, विश्वप्रकाश लामिछाने, पदम रेग्मी र गोमा घिमिरेलाई पनि सम्मान गरेको छ । सम्मानित पत्रकार भुषालले सम्मानबाट थप हौसला थपेको बताए ।
प्रेस सेन्टर कास्की अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दीननाथ बरालले स्वागत तथा सचिव पुष्प दाहालले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री पाण्डे
ढिकुरपोखरीस्थित महिला सञ्जालको क्षमता अभिवृद्धि तालिम
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
रेशम चौधरीसहित ५०१ लाई आम माफी
hero news full width
मुख्य समाचार
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०