किरियापुत्री सांसद प्रकाश बराल मतदान गर्दै ।
पोखरा। उपराष्ट्रपति पदको निर्वाचनको लागि मतदान जारी छ । नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने छ ।
गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बरालले किरियापुत्रीकै अवस्थामा उपराष्ट्रपतिको निर्वाचनमा भाग लिएका छन् । मतदानका लागि उनी बिहान बुद्ध एअरको जहाज चढेर काठमाडौं गएका हुन् ।
आफ्नो पार्टीको आग्रह तथा मतदाताले आफूप्रति गरेको भरोसाका कारण किरिया बसेकै अवस्थामा पनि भोट हाल्न आएको उनले संचारकर्मीलाई बताएका छन् ।
पोखरा २२ स्थायी घर भएका सांसद बरालका बाबु लोकराजको ८२ वर्षको उमेरमा गत २६ फागुनमा निधन भएको थियो । नेपाली कांग्रेसका प्रकाश बराल गत ४ मंसिरको प्रदेश सभा चुनावमा कास्की क्षेत्र ३ (२) बाट निर्वाचित भएका हुन् ।
उपराष्ट्रपति निर्वाचनमा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा) तथा सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिलाकुमारी यादव र जनमत पार्टीकी ममता झा उम्मदवार छन् । तर जसपाकी प्रमिलाले आफ्नो उम्मेदवारी निष्कृय भएको यसअघि बताइसकेकी थिइन् ।
गएको २५ फागुनमा भने सत्ता गठबन्धनतर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेका छन् ।
Related News
सम्बन्धित समाचार
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
नवनियुक्त मन्त्रीहरुले लिए शपथ
तनहुँ १ मा त्रिपक्षीय भिडन्त !
महावीर पुनको आक्रोश : ढाँट्यो गण्डकी सरकारले
hero news full width
मुख्य समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९दिउँसो ३ बजेका लागि शपथको तयारी
चैत्र १७, २०७९