निवृत्त प्राध्यापकका समस्या बुझ्दै समाज

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७९
sewa nibrita pradhapik progrem photo

हेमजा । सेवा निवृत्त प्राध्यापक समाज पोखराले निवृत्त भएका प्राध्यापकका समस्या बुझ्न थालेको छ ।

समाजले जीवनको उत्तरार्धमा रहेका निवृत्त प्राध्यापकहरुमा के कस्ता समस्या छन् सोको पहिचान गरी समाधानका लागि सहयोग गर्ने उद्देश्यले उनीहरुसँग भेटघाट गरेको हो ।

जसअन्र्तगत समाजको टोलीले अवकाश प्राप्त प्राडा. भूपति ढकाल, पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जोर्ज जोन, बालगोपाल अमात्य, पीताम्वर शर्मा तथा प्राडा. विजयराज शर्मालाई उनीहरुकै निवासमा पुगी मंगलबार भेट गरेको हो ।

समाजका संयोजक कृष्णप्रसाद पौडेलको नेतृत्वमा प्राडा. ज्ञानबहादुर कार्की, प्रा.पद्मशरण रेग्मी, चन्द्रकान्त रेग्मी, बाबुराम पौडेल, प्राडा. दिलबहादुर क्षत्री, गेहेन्द्रेश्वर कोइराला, कालीदास शर्मा, शेखरनाथ अधिकारी तथा डा.यमबहादुर पौडेल सम्मिलित टोलीले भेटघाट गर्दै उनीहरुको स्वास्थ्य अवस्था लगायत अन्य समस्या बुझ्न थालेको हो ।

उनीले समाज स्थापना भएकोमा खुशी व्यक्त गर्दै प्राध्यापकको निवृत्तीभरण लगायत समग्र समस्या समाधान गर्न समाज लाग्नुपर्नेमा जोड दिए ।

समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलले संस्था निवृत्त प्राध्यापकको सुखःदुखमा साथी बन्ने स्पष्ट पार्दै समस्या समाधान गर्न रचनात्मक भूमिका खेल्ने औँल्याए ।

Related News

सम्बन्धित समाचार

  • सृजना विकास केन्द्रको सामाजिक परीक्षण

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । सृजना विकास केन्द्रको सामाजिक परीक्षण कार्यक्रम गरेको छ । वार्षिकरुपमा लेखापरीक्षणसँग संस्थाको प्रभावकारी अनुगमन मूल्यांकन कार्यमा सरोकार निकायबाट सुझाव…
  • फेवा नव वर्ष महोत्सव, सुरक्षामा ध्यान दिन सुझाव

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा।  फेवा नव वर्ष महोत्सवमा सुरक्षा र छुटको विषयलाई विशेष ध्यान दिन पर्यटकीय संघसंस्थाले सुझाव दिएका छन् । आयोजक होटल…
  • अनाथको आश्रय सहारा एकेडेमी

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । आजभन्दा झण्डै २५ वर्षअघि स्थापित सहारा क्लब पोखरा मोफसलमा रहेर पनि चर्चित क्लब हो । फुटबलमार्फत सामाजिक क्षेत्रमा…
  • आत्महत्या रोक्न टिकटक प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । पोखरामा आयोजित टिकटक प्रतियोगितामा अनिशा अधिकारी र एलिशा अधिकारीको टिम प्रथम भएको छ । कोशिश, राष्ट्रिय मानसिक स्वास्थ्य…
  • बौद्ध उपवास पूजा

    आदर्श समाज सम्वाददाता चैत्र १६, २०७९
    पोखरा । बौद्ध उपवास (सिङढुव) पूजा आनी गुम्बा पोखरामा बुधबार बिहान सुरु भएको छ । बौद्ध उपवास संस्था पोखराद्वारा आयोजित…

hero news full width