लेखनाथ । पोखरा २६ अर्घौंमा रहेको सनराइज क्लबले १४ औं स्थापना दिवसको अवसरमा श्रीकृष्ण प्रणामी मन्दिर वृद्ध तथा बाल आश्रमलाई सहयोग गरेको छ । क्लबले सामाजिक क्षेत्रमा गर्दै आएका कामहरुलाई निरन्तरता दिँदै सहेला पाखामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर, वृृद्ध तथा बाल आश्रमका लागि खाद्यान्न तथा फलफूल प्रदान गरेको हो ।
आश्रमका आश्रितलाई आवश्यक खाद्यसामग्री हस्तान्त्रण गर्दै क्लबका अध्यक्ष डुलप्रसाद पुनले सामाजिक उत्तरदायित्वअन्तर्गत क्लबले रक्तदान, सरसफाइ, सडक बत्ती लगायत सचेतनामूलक कार्यक्रम गरेको स्मरण गरे ।
क्लबका पदाधिकारीसहितको टोलीले आश्रमका संरक्षक कल्याण कुमार कार्कीलाई हस्तान्तरण गरे ।
क्लबका अध्यक्ष डुलप्रसाद पुनको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सूर्य न्यौपाने र निवर्तमान अध्यक्ष राजबहादुर गुरुङले सामाजिक क्षेत्रमा क्लबले गर्दै कार्यक्रमबारे जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
सृजना विकास केन्द्रको सामाजिक परीक्षण
फेवा नव वर्ष महोत्सव, सुरक्षामा ध्यान दिन सुझाव
अनाथको आश्रय सहारा एकेडेमी
आत्महत्या रोक्न टिकटक प्रतियोगिता
बौद्ध उपवास पूजा
hero news full width
मुख्य समाचार
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
चैत्र १७, २०७९