उपराष्ट्रपति निर्वाचन, प्रचारमा रोक

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७९

पोखरा । उपराष्ट्रपति पदको निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । ३ चैतमा हुने मा हुने निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि प्रचारप्रसार निषेध लागु भएको हो । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागु भएको हो ।

निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ । आचारसंहिताबमोजिम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागु हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता भई अष्टलक्ष्मी शाक्य (बोहरा), प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव उम्मेदवार छन् । प्रमिला कुमारीले आफ्नो समर्थन यादवलाई रहने घोषणा गरिसकेकी छन् ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ । साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत÷हारको पूर्वानुमानका सामग्रीहरू प्रसारजस्ता कार्य गर्न नहुने आयोगले स्पष्ट पारेको छ ।

नेपालको राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । २५ फागुनको चुनावमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले एमालेका उम्मेदवार सुभाषचन्द्र नेम्वाङलाई दोब्बर बढी मतान्तरले पराजित गरेका हुन् । राष्ट्रपति पौडेलले सोमबार सपथ ग्रहणसहित पदभार ग्रहण गरिसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०७९
    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याज पीडितले आज भेट गरेका छन् । बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको प्रधानमन्त्री…
  • भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    लमजुङ । भ्रष्टाचार बढार्न सांकेतिकस्वरुप बास नेपालले लमजुङका प्रमुख जिल्ला अधिकारीलाई कुचोसहितको ज्ञापनपत्र बुझाएको छ । नवआगन्तुक प्रजिअ रामकृष्ण अधिकारीलाई जिल्लामा…
  • हिमालबाट ३५ टन फोहोर निकाल्ने लक्ष्य

    आदर्श समाज सम्वाददाता चैत्र १७, २०७९
    पोखरा । अन्नपूर्ण हिमालको सफाइका लागि जान लागेको नेपाली सेनाको टोलीलाई पोखरा महानगरपालिकाको लोगो अंकित झण्डा हस्तान्तरण गरिएको छ ।…
  • कार्यकारी अधिकार खोज्दै समन्वय समिति

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०७९
    पोखरा । केही समयअघि देशैभरका जिसस प्रमुख र उपप्रमुख भेला भएर पोखराबाट एकै स्वरमा भने, ‘यही हालतबाट जिसस चलाउनुभन्दा खारेज…
  • गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०७९
    पोखरा । गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । कुटपिटको आरोपमा एक व्यक्तिले उनीविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिएका…

hero news full width