पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान

धनबहादुर गुरुङ
फागुन १७, २०७९
Pokhara Night Flight Photo

पोखरामा पहिलो पल्ट रात्रिकालीन उडान गरिएको सौर्यको जहाज । तस्बिरःमोहन भण्डारी

पोखरा। आन्तरिक उडानमै सीमित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ । सौर्य एयरलायन्सको विमान बुधबार राति काठमाडौंदेखि उडेर पोखरा विमानस्थलमा सफल अवतरण भएको हो । सबै प्रक्रिया पूरा गरेर रात्रीकालिन उडानका लागि तयार रहेको विमास्थलमा रात्रिकालीन उडान सफल भएको विमानस्थल प्रमुख विक्रमराज गौतमले जानकारी दिए ।

उनका अनुसार काठमाडौंबाट ३३ यात्रु बोकेर आएको सौर्यको ९एन–एएमई जेट इन्जिन जहाज राति ८ः४५ बजे सफल अवतरण भएको हो । पोखरा अवतरणपछि विमान राति नै काठमाडौं फर्किएको छ । ‘काठमाडौंबाट ३३ यात्रु बोकेर आएको जहाज विमानस्थलमा सफल अवतरण भयो,’ प्रमुख गौतमले भने, ‘उक्त जहाजले ४६ यात्रु बोकेर पुन काठमाडौं नै फिर्ता भएको छ ।’

३३ यात्रु बोकेर आएको विमान राति ८ः४५ बजे सफल अवतरण

सौर्य चढेर पोखरा उत्रिएका यात्रु मोहन भण्डारीले सफल अवतरण गरेको भन्दै फेसबुकमार्फत खुसी व्यक्त गरेका छन् । ‘खराब मौसमका कारण ढिलाइ भए पनि सौर्य एयरलाइन्सले पोखरा विमानस्थलमा पहिलो आइएफआर उडान सफलतापूर्वक सम्पन्न गरेको छ । सौर्य एयरलाइन्सको समर्पित टोलीले कडा मिहिनेत गरेर यो सम्भव बनायो,’ उनले भनेका छन्, ‘यस ऐतिहासिक क्षणको एक हिस्सा हुन पाउँदा रोमाञ्चित छु ।’

विमानस्थलमा आइएफआर गत २३ फेब्रुअरीबाट लागु भएको थियो । त्योसँगै रात्रिकालीन र अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थलको म्याचुरिटी पिरियड पूरा भएको पोखरा विमानस्थल प्रमुख गौतमले जानकारी दिए । फ्लाइट प्रमाणित नेपाल नागरिक उड्डयन प्राधिकरणले चोकजाँच गरेर रात्रिकालीन उडान गर्न अनुमति दिएको हो ।

प्राधिकरणले २५ फागुनको लागि बुद्धलाई अनुमति दिइसकेकोमा त्योभन्दा अघि नै सौर्य आएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width