लायन्स भद्रकालीमा धनेन्द्र गुरुङ

आदर्श समाज सम्वाददाता
फागुन ११, २०७९
LC Bhadrakali

पोखरा । लायन्स क्लब अफ पोखरा भद्रकाली वर्ष २०२३/२४ को अध्यक्षमा धनेन्द्र गुरुङ निर्वाचित भएका छन् । फागुन ९ गते पोखरामा भएको निर्वाचनबाट प्रथम उपाध्यक्षमा पदमपाणि शर्मा, द्वित्तीय उपाध्यक्षमा प्रेम चापागाईं, तृतीय उपाध्यक्षमा समीर परियार, सचिवमा यज्ञ बराल र कोषाध्यक्षमा टीकाराम थापा निर्वाचित भए ।

निवर्तमान अध्यक्ष कृष्णप्रसाद तिम्सिनाको संयोजकत्वमा रहेको समितले निर्वाचन कार्यक्रम सम्पन्न गरेको हो । क्लबको सहसचिवमा विष्णुप्रसाद अधिकारी, सहकोषाध्यक्षमा ध्रुव त्रिपाठी, र सदस्यमा मनिष शर्मा चापागाईं निर्वाचित भए ।

मेम्बरसिप चियरपर्सनमा संयुक्त धाख्वा, एलसिआइएफ कोअर्डिनेटरमा कृष्णप्रसाद शर्मा तिम्सिना, सर्भिस चियरपर्सनमा दीपकराज तिवारी, मार्केटिङ एन्ड कम्युनिकेसनमा भरत कोइराला, अर्थमा इन्द्र त्रिपाठी, वातावरण डाइरेक्टरमा केदार बराल र क्लब डाइरेक्टर राजु शर्मा चापागाईं चयन भएका छन् ।

क्लबका पूर्व अध्यक्षहरुलाई सल्लाहकारमा मनोनयन गरिएको छ । क्लब अध्यक्ष अमृतकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष शंकर ज्ञवाली, वसन्तराज सिग्देल लगायत सहभागी थिए ।

अध्यक्ष पौडेलले आफ्नो कार्यकालमा सेवामूलक कार्यहरु सक्दो गरेको भन्दै यसमा सहयोग गर्नेप्रति आभार व्यक्त गरे ।

आगामी वर्षका लागि निर्वाचित अध्यक्ष गुरुङले क्लबको गरिमा कायम राख्दै आगामी दिन अझै प्रभावकारी रुपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाए ।

Related News

सम्बन्धित समाचार

  • सेन्ट्रल गार्डनको अन्तर्क्रिया

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसइई विद्यार्थीसँग अन्तत्र्रिmया गरेको छ । ‘पढाऔं अभियान’ अन्तर्गत १२ वैशाखदेखि सञ्चालित…
  • लायन्स सदस्यलाई मनिपालमा छुट

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट…
  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…
  • लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा निर्वाचित भएका छन् । क्लबको दोस्रो अधिवेशनबाट वर्ष २०२४/२५ का…

hero news full width