एटिएम फोर्न खोज्ने २ पक्राउ

आदर्श समाज सम्वाददाता
फागुन ११, २०७९
atm chori

पोखरा । कास्की प्रहरीले एटिएम फोर्ने प्रयासमा संलग्न २ जना युवकलाई पक्राउ गरेको छ । उनीहरुले एकै रातमा पोखरास्थित विभिन्न बैंकका शाखाका ३ एटिएम मेसिन फोर्न प्रयास गरेको अभियोग छ ।

पक्राउ पर्नेमा उदयपुरको गाईघाट नगरपालिका वडा ७ स्थायी घर भई हाल पोखरा १७, छोरेपाटन बस्ने २१ वर्षीय सुशील चाम्लिङ राई र लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा ४ स्थायी घर भई हाल पोखरा १७ छोरेपाटन बस्ने २१ वर्षीय अर्जुन भन्ने लुबहादुर गुरुङ रहेको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जनाए ।

उनीहरुले मंगलबार राति सवा १२ बजेको समयमा पोखरा रामबजारस्थित एनआईसी एशिया बैंक, राति सवा १ बजे पोखरा १५ स्थित नेपाल बैंक लि.र ४ बजे रामबजारस्थित सांग्रिला डेभलपमेन्ट बैंक लि.को एटिएम मेसिन फोर्ने प्रयास गरेका थिए । मेसिन फोर्नका लागि उनीहरुले सिसिटिभी क्यामरा कागजले छोपी एटिएममा ढुंगा हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

उनीहरुलाई चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गत चोरी उद्योग मुद्दामा अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width