महायज्ञको आज समापन

आदर्श समाज सम्वाददाता
माघ २७, २०७९
mahayagya

हेमजा । मानव सेवा आश्रमको निर्माार्णाधीन भवन पूर्णताका लागि आर्थिक संकलनार्थ हेमजा बावियाँतरामा जारी श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ शुक्रबार सकिंदै छ ।

महायज्ञको गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा समापन गर्ने कार्यक्रम रहेको छ । यज्ञको सातौं दिन बिहीबारसम्म साढे ५ करोड सहयोग संकलन भएको आश्रमका गण्डकी प्रदेश अध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिए ।

कार्यक्रममा आत्मानन्द गिरी महाराजले सेवा नै धर्म भएको उल्लेख गर्दै मानिस अमर रहन कृति असल गर्नुपर्ने औंल्याए । त्यस अवसरमा प्रदेशसभा सदस्य गणेशमान् गुरुङ, स्व. सूर्यबहादुर केसी परिवारको तर्फबाट प्रेमकुमारी केसी, पोखरा महानगरपालिकाका कार्यकारी अधिकृत वीरेन्द्रदेव भारती लगायतले पनि धारणा राखे ।

महायज्ञका प्रमुख वाचक पं कमलनयन गौतमले बुबाआमाको सेवा गर्नु नै सबैभन्दा ठूलो धर्म भएको औंल्याउँदै मानिसले आहारविहार साथै जीवनशैलीमा ध्यान दिनुपर्ने बताए ।

यज्ञको आखिरीमा दाता बढ्दै गएका छन् । बिहीबारमात्रै १ करोड बढी संकलन भएको हो ।

यज्ञबाट संकलित रकमले भवनको पूर्णताका अलावा लक्ष्मीनारायण मन्दिर निर्माण, अक्षयकोष श्रीवृद्धि तथा मानवताको प्रवद्र्धनमा टेवा पुर्‍याउने लक्ष्य छ ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता…

hero news full width