पोखरा । प्रेस चौतारी नेपालले २५ औं स्थापना दिवस अवसरमा आइतबार देशभर विविध कार्यक्रम गरी मनाएको छ । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटी र कास्की शाखाले बालगृहमा आश्रित बालबालिकालाई स्टेसनरी सामाग्री वितरण गरी स्थापना दिवस मनाए ।
पोखरा–१७ महतगौंडास्थित सृजना बालगृहमा संरक्षित १२ जना बालबालिकालाई १३ हजार मूल्य बराबरको स्टेशनरी सामाग्री वितरण गरियो । विद्यार्थीलाई आवश्यक पर्ने विभिन्न प्रकारका कापी, कलम, सिसाकलम, रङ, ज्यामितीय बाकससहितका पाठ्यसामग्री वितरण गरिएको हो ।
प्रेस चौतारी कास्कीका संस्थापक अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी पुण्य पौडेलले चौतारीका सदस्यले आफ्नो स्थापना दिवसका अवसरमा बालगृहमा संरक्षित बालबालिकालाई शिक्षामा सहयोग पुग्ने गरी गरेको कार्य महान रहेको बताए । उनले सानो काम भए पनि यसको सन्देश ठूलो रहेको उल्लेख गरे ।
सृजना विकास केन्द्र अध्यक्ष कृष्णबहादुर थापाले पत्रकारले सामाजिक काममा सक्रियता देखाएको भन्दै खुसी व्यक्त गरे ।
सृर्जना विकास केन्द्रका निवर्तमान अध्यक्ष समेत रहेका प्रेस चौतारी गण्डकी अध्यक्ष इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बालगृह संयोजक सोमनाथ बरालले स्वागत एवं कास्की शाखा अध्यक्ष अर्जुन गिरीले कार्यक्रममाथि प्रकाश र सचिव रञ्जन अधिकारीले सञ्चालन गरेका थिए ।
संगठन केन्द्रीय सचिव एवं प्रदेश इञ्चार्ज सुष्मा पौडेल, केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज रुद्र श्रीसमगर, पूर्व अध्यक्ष श्याम कुँवर, अग्रज दीपेन्द्र श्रेष्ठ लगायतले विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरे ।
Related News
सम्बन्धित समाचार
सृजना विकास केन्द्रको सामाजिक परीक्षण
फेवा नव वर्ष महोत्सव, सुरक्षामा ध्यान दिन सुझाव
अनाथको आश्रय सहारा एकेडेमी
आत्महत्या रोक्न टिकटक प्रतियोगिता
बौद्ध उपवास पूजा
hero news full width
मुख्य समाचार
मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९भ्रष्टाचार बढार्न प्रजिअलाई कुचो
चैत्र १७, २०७९खस्केको मनोबल उकास्नु अर्थतन्त्रको पहिलो उपचार : नवनियुक्त अर्थमन्त्री डा महत
चैत्र १७, २०७९