सिद्धार्थ नमुना दिदीबहिनीमा दुर्गादेवी

आदर्श समाज सम्वाददाता
माघ २२, २०७९
siddartha namunas

पोखरा । सिद्धार्थ नमुना दिदीबहिनी समूह पोखरा १७, छोरेपाटनको चौंथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले दुर्गादेवी बरालको नेतृत्वमा ११ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ ।

कार्यसमितिमा उपाध्यक्ष दुर्गा ढकाल, सचिव सुनिता तिमिल्सिना, सहसचिव अञ्जना बोगटी, कोषाध्यक्ष इन्दिरा पौडेल चयन भए । सदस्य शान्ति कार्की, मञ्जु रिमाल, हरिकला अधिकारी, कल्पना शर्मा अधिकारी, कल्पना परियार, ज्योति गुरुङ छन् । सल्लाहकार सरिता शर्मा, शान्ति बराल, सुभद्रा बास्तोला, जमुना गुरुङ, टीका लामिछाने, हिरा गदाल र जूना बास्तोला छन् ।

नयाँ कार्यसमितिको पद तथा गोपनीयताको सपथ ग्रहण निर्वाचन समिति संयोजक तुलसी बरालबाट भयो ।

पोखरा १७ का वडाध्यक्ष राधिका शाही योगीले समूहलाई नेतृत्व, व्यक्तित्व, सिप आर्जनजस्ता तालिम दिन वडाले आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा दुर्गा मन्दिर व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद बराल, धर्मराज अर्याल, तुलसीराम बराल, नरनाथ बराल, मोहनलाल पौडेल, पोतप्रसाद पौडेल, शोभाखर ढकाल, मीना पोखरेल, जानुका पौडेल, दुर्गा ढकाल लगायतले समूहका कार्यको उच्च मूल्याङ्कन गरे ।

समूह कोषाध्यक्ष इन्दिरा पौडेल, सचिव लक्ष्मी अर्यालले समूहको आर्थिक तथा गतिविधिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । समूह अध्यक्ष दुर्गादेवी बरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव लक्ष्मी अर्यालले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width