पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गते सुरु भए पनि बैठकमा सांसदहरुले भनाइ राख्ने माहोल नै मिलेको थिएन । मुख्यमन्त्रीले विश्वासको मत लिने, सभामुख, सभामुखको निर्वाचन कार्यासूचीमा परेकाले शून्य समय र विशेष समय नै छुट्याइएन । सरकारले पूर्णता पाएपछि सदन माघ १९ गतेबाट बसेको छ । जसमा सांसदहरुले मन खोलेर भनाइ राख्न पाएका छन् ।
शून्य समय र विशेष समयमा बोल्नै सांसदको सूची लामै पुगेको छ । नागरिकले भोग्नु परेका समस्या, असन्तुलित विकासदेखि प्रदेश संरचनाको औचित्यमाथि खडा भएका प्रश्नका बारेमा समेत उनीहरुले आवाज उठाएका छन् ।
शुक्रबारको बैठकमा सांसद डिल्लीराम सुवेदीले प्रदेश संरचनालाई संघ र पालिकाले गरेको व्यवहार ठिक नभएको बताए । विशेष समयमा बोल्दै उनले भने, ‘ट्राफिक प्रहरीले गण्डकीबाट उठाएको ३० करोड संघीय सञ्चित कोषमा जम्मा भएको छ । त्यो रकम फिर्ता पटक पटक मागेको छ । तर संघ सरकार दिँदैन । पोखरा महानगरपालिकाले प्राकृतिक श्रोत साधन बेचविखन गरेबापत दिनुपर्ने १५ करोड रुपैयाँ प्रदेश सरकारलाई दिँदैन । हामी कति हेपिएर बस्ने हो ? संघीय सरकारले पनि हाम्रो दायित्व पूरा गर्दैन, स्थानीय सरकारले पनि समन्वय गर्दैन ।’
प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने अन्तर प्रदेश समन्वय परिषद र मुख्यमन्त्रीको अध्यक्षतामा बस्ने प्रदेश समन्वय परिषद्को बैठक तत्कालै बस्ने प्रबन्ध मिलाउन उनले मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।
सांसद महेन्द्रध्वज जिसीले प्रदेश सभामा उठाएका विषयहरु संघ सरकारसम्म पु¥याउन आग्रह गरे । ‘राष्ट्रिय निकुञ्ज संघ सरकार मातहत पर्छ । प्रदेश अन्तर्गत पर्दैन । हामीले जनसरोकारका कुरा उठाउछौं,’ उनले भने, ‘यी सवालहरु प्रदेश सरकारले केन्द्रमा पु¥याउने हो कि हामी नै झोला बोकेर केन्द्रमा जान पर्ने हो ?’ उनले किसानले बाली जोगाउन अत्यधिक विषादी खेतबारीमा प्रयोग गर्दा त्यही खाएर धेरै गैंडाको मृत्यु भएको बताएका छन् । ‘प्राकृतिक रुपमा पनि असारदेखि यता १२ गैंडाको मृत्यु भएको छ । प्राकृतिक रुपमै मृत्युदर बढेको छ । जन्मपछि मृत्यु स्वभाविक हो, तर हामी मान्दैनौं,’ उनले भने, ‘किसानले बाली जोगाउन अत्यधिक विषादी प्रयोग गरेको र त्यो विषादी गैंडाले खाएर मृत्युदर बढेको भन्ने हाम्रो बुझाइ छ ।’ उनले वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्दै गएकोले नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
सांसद प्रकाश बरालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यबारे प्रश्न गरे । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भए पनि अहिलेसम्म अन्तर्राष्ट्रिय उडान भएको छैन । चिनियाँ पक्षबाट उक्त परियोजना ‘बेल्ट रोड इनिसियटीभ’ अन्तर्गतको परियोजनाका रुपमा दाबी गरेपछि अन्तर्राष्ट्रिय उडानमा अवरोध भएको उनको तर्क छ । ‘बिआरआई प्रोजेक्ट हो भने नेपाल सरकार र प्रदेश सरकारबाट किन आधिकारिक धारणा आएको छैन ? यसको लगानीको बारेमा अझै प्रष्टता छैन,’ उनले भने, ‘यो लगानीको हालसम्मको ब्याज, किस्ता र बिआरआईसँगको रिस्ता के हो ? यसबारे म जवाफ माग गर्दछु ।’
सांसद फडिन्द्र देवकोटाले गोरखाको पालुङटार र आसपासका क्षेत्रलाई पोखरापछिको वैकल्पिक सहरका रुपमा विकास गर्न माग गरेका छन् । प्रदेश सभाको विशेष समय लिएर उनले उक्त प्रस्ताव राखेका हुन् । ‘एक ताका नेपालकै राजधानी बनाउने चर्चा भएको क्षेत्र गोरखा, लमजुङ र तनहुँको भुगोल छ हाम्रो गण्डकी प्रदेशसँग,’ उनले भने, ‘पोखरा पछिको वैकल्पिक सहरको रुपमा पालुङटार र वरपरको क्षेत्रलाई पहल गरियोस् भनि विशेष प्रश्ताव गर्न चाहन्छु ।’ यसअघि लामो समय सञ्चालन भएर बन्द अवस्थामा रहेको पालुङटार एयरपोर्ट तुरुन्त सञ्चालन गर्न आग्रह गरे ।
सांसद मित्रलाल बस्यालले आवश्यकता पहिचान नगरी क्याम्पस खोल्दा अहिले सञ्चालनमा समस्या भएको सुनाए । ‘पर्वतको क्षेत्र नम्बर २ अन्तर्गत ३० वटा वडामा ७ वटा क्याम्पस छन् । हिजो रहर मानेर खोल्यौं । क्याम्पस खुलेपछि भवन बनाउन पैसा जान्छ, सञ्चालनका लागि पैसा छैन,’ उनी भन्छन्, ‘भवन जति पनि छन्, विद्यार्थी छैनन् । बन्द गर्न भएन, थोरै भएपनि विद्यार्थी छन् । शिक्षक पाल्नै प¥यो । क्याम्पसको अवस्था बहुत दयनीय छ । कि खारेज होस्, नत्र चल्न पुग्ने पैसा दिनुपर्यो ।’
श्यामराजा महतले तनहुँ, स्याङजा र कास्कीको सीमाना पुँडीटारमा तत्कालै औद्योगिक क्षेत्र सञ्चालन गर्न आग्रह गरे । डिपिआर तयार भैसकेकोले त्यस क्षेत्रमा उद्योगका साथै कृषि मल कारखाना राख्न उनको आग्रह छ । अर्का सांसद सुधिर पौडेलले स्याङजामा सुन्तला कुहिएर किसान मर्कामा परेको भन्दै क्षतिपुर्तिको माग गरे । यो वर्ष स्याङजाबाट मात्रै २२ हजार २ सय ७५ टन सुन्तला उत्पादन भएको छ । एकै वर्ष १ अर्व ५५ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । त्यसमध्ये १ अर्व १ करोडको सुन्तला बिक्री भइसकेको छ । बाँकी सुन्तला चिस्यान केन्द्रमा राखिएकोमा कुहिएर फाल्नुपरेको गुनासो किसानले गरेका छन् । जिल्लाभरीबाट २ सय ९३ टन सुन्तला विग्रिएर नष्ट भएको सांसद पौडेलले जानकारी दिए । उनका अनुसार ४३ लाख २० हजार रुपैयाँ किसानलाई क्षति भएको छ । ,
विशेष समयमा डा. टकराज गुरुङ, लिलबहादुर थापा, हरिबहादुर भण्डारी, बिन्दु अधिकारी पहाडी, पद्मा जिसी श्रेष्ठ, रेखा गुरुङ, मित्रलाल बस्याल, देवका पहारी त्रिपाठीसमेत १३ जनाले बोले । शून्य सयमा भक्तबहादुर कुँवर, भोजराज अर्याल, महेश भट्टराई, लक्ष्मणबहादुर पाण्डे, सरस्वती गुरुङ, श्यामराजा महतसमेत १० जनाले भनाइ राखे ।
Related News
सम्बन्धित समाचार
एन्फा कास्की अध्यक्ष उज्ज्वल रञ्जितलाई पितृशोक
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
अनलाइन पत्रकार संघ गण्डकीमा गणेश बराल
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
माइनस डिग्रीमा माछा उत्पादन
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९