पोखराका अन्डरग्राउन्ड पार्किङ कहिले हुन्छन् खाली ?

धनबहादुर गुरुङ
माघ १८, २०७९
Parking Photo 3

पोखरा। पोखरा महानगर पोखरामा पार्किङ व्यवस्थापन गतिलो बनाउन चाहन्छ । अनेक लफडाले पार्किङको अवधारणा सफल हुन सकेको छैन । विषेशगरी मुख्य बजार क्षेत्रमा पार्किङ नगराउने सोंचमा छ पोखरा महानगर ।
यसमा महानगरलाई विविध समस्याले पिरोलिएको थियो । अन्डरग्राउन्ड पार्किङमा व्यवसाय चलाउनु, सशुल्क पार्किङ ठेक्का, उपयुक्त पार्किङको स्थान नभेट्नु लगायत बाधा थिए महानगरलाई ।

सुरुमा महानगरले अन्डरग्राउन्ड खाली गराउने प्रक्रिया सुरु ग¥यो । त्यसलगत्तै ठेक्का रद्द ग¥यो । अनि सार्वजनिक र व्याक्तिगत खाली जग्गा पार्किङका लागि प्रयोग गर्ने गरी अघि बढ्यो । सबै कामको व्यवस्थापन गरेर महानगर २३ माघबाट पृथ्वीचोक – सभागृहचोक – न्युरोड – बिपिचोक – चिप्लेढुंगा –महेन्द्रपुल – नयाँबजार – पृथ्वीचोकको सडक वरिपरि पार्किङ गर्न नपाउने सूचना जारी गरिसकेको छ ।

पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको सोमबार बसेको बैठकले मुख्य सहरी क्षेत्रको सडकखण्डमा पार्किङ निषेध गर्ने निर्णय गरेको हो । त्यसका लागि महानगरले निश्चित क्षेत्रमा सशुल्क पार्किङ क्षेत्र तोकिसकेको छ । पोखरा महानगरले तयारीसमेत थालेको छ ।

यसका लागि सुरुमा काम थालेको अन्डरग्राउन्ड पार्किङ बुझ्न मंगलबार महानगर टोली निरीक्षणमा निस्कियो । प्रक्रिया सुरु गरेको ५ महिना बितिसक्दा पनि भूमिगत पार्किङमा केही व्यवसायीले काम नगरेको पोखरा महानगरका प्रमुखको सचिवालय सदस्य लोकदर्शन कोइरालाले बताए । निरीक्षणका क्रममा केही घरका अन्डर ग्राउन्ड जस्तो भत्काएर छोडेको थियो त्यस्तै भेटिएको उनको भनाइ छ । ‘हामीले २६ स्थानमा निरीक्षण ग¥यौं, त्यसमा धेरैले पार्किङका लागि खाली गरेको भेट्यौं,’ उनले भने, ‘केहीले पार्किङ सुरु गरिसक्नुभएको छ । केहीले महानगरले नै काम गरिदिन्छ भनेर बसेकाले जस्तो भत्काएर छोडेको त्यस्तै अवस्थामा भेटियो ।’

पोखरा महानगरको यातायात व्यवस्थापन समितिका उपाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले निरीक्षण गर्दै पार्किङ व्यवस्थापनको काम गर्दै जाने बताए । अन्डर ग्राउन्डमा अटेरी गर्नेहरुलाई मौखिक जानकारी गराएर छाडेको उनले बताए । त्यसपछि पनि अटेर गरे पत्राचार गरेर जानकारी गराउने र त्यतिले पनि नभए कारबाही प्रक्रियामा जाने उनले सुनाए ।

उनीहरुलाई महानगरले पटक पटक सयम दिएको थियो । भदौ १३ गते पोखरा बजार क्षेत्रभित्रका घरहरुको अन्डरग्राउन्ड खाली गर्न आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो । चाडबाडको समय देखाउँदै ग्राहकहरुले खाली गर्न अटेर गरपछि दसैं तिहार सकेर कात्तिक १५ गते डोजर नै चलाएको थियो ।

५ महिना बित्यो, अझै भएन सफल

सुरुमा डोजर हानिएको आर के बिल्डिङको अन्डरग्राउन्डको सिंढी अझै उस्तै छ । जहाँ सवारी गुडाउन असम्भव छ । यस्तै मेहन्द्रपुलमा रहेको गरिमा विकास बैंकको सटर पनि अझै सञ्चालनमा छ । न्युरोडमा रहेको एक भवनको तल बाइक, स्कुटर चलाउन मिल्ने गरी सिंढी भत्काइए पनि गाडी नै हिँडाउन मिल्ने अवस्था छैन । यसैगरी नयाँबजार क्षेत्रमा महानगरले पत्राचार गरिरहेको सचिवालय सदस्य कोइरालाले जानकारी दिए ।

कात्तिक १५ गते डोजर लगाएर भत्काउने समयमा पनि महानगरको टोली नयाँ बजार क्षेत्रमा पुगेको थिएन । त्यस क्षेत्रमा ठूला व्यवसाय सञ्चालक विशेषगरी अटो क्षेत्रको व्यवसाय सञ्चालनमा छन् । सोही कारण नयाँबजार क्षेत्रको अन्डर ग्राउन्डलाई पत्राचारमात्र गरेको भन्दै आलोचना भएको थियो । सूचना जारी भएको ५ महिनाभन्दा बढी समय हुँदा पनि सो क्षेत्रको अन्डरग्राउन्डमा निर्वाध रुपमा व्यवसाय चलेकाले मिलेमतोको शंकाले हेर्ने गरिएको छ ।

पोखरामा रहेका २ सय ५२ वटा भवनका अन्डरग्राउन्डमा सबैलाई एकै किसिमको नियम लाग्ने सचिवालय सदस्य कोइरालाले बताए । ‘त्यहाँको बतासकैमा हामी ५ पटकभन्दा बढी गइसक्यौं । आज हामी महेन्द्रपुलसम्म गयौं नयाँबजार जान भ्याएनौं,’ उनले भने, ‘हामी भोलि त्यो क्षेत्रमा जान्छौं । नयाँ बजारमा त्यति धेरै छैन, भएकालेहरुले ठूला ठूला मेसिन सार्न पर्ने भएकोले समय माग गरेपछि समय दिएका थियौं । सायद त्यहाँ पनि खाली भइसक्यो होला ।’

पोखराको बजार क्षेत्रमा अधिकांश नयाँ बनेका घरहरु अन्डरग्राउन्डसहित बनेका छन् । अन्डरग्राउन्ड पार्किङ बनाएमा भने सो तलाको राजस्वमा समेत घरधनीले छुट पाउँछन् । महानगरको प्रावधानमै रहेर कतिपय घरहरु बनेका छन् । उनीहरुले राजस्वमा छुट पनि लिएकै छन् तर अधिकांशले अन्डरग्राउन्डलाई पार्किङका रुपमा प्रयोग गरेका थिएनन् । अब सबैले घरधनीहरुले अन्डरग्राउन्ड पार्किङ गर्ने उनले जानकारी दिए ।
महानगरले सडकमा सवारी पार्किङ नगराउन अन्डरग्राउन्डसँगै सशुल्क पार्किङ क्षेत्र तोकेको छ । जसमा न्युरोडको पूर्णिमा फिल्म हल रहेको क्षेत्र, पद्म नर्सिङ हलभन्दा तलको खाली जग्गा, रिडर्स कर्नरको माथि र तलको खाली क्षेत्र, पोखरा सभागृह हल, नयाँबजारस्थित हार्डवेयर एसोसिएसन, पोखरा प्रदर्शनी केन्द्रलगायत क्षेत्र तोकिएका छन् । सशुल्क तोकिएका ती क्षेत्रमा अबदेखि प्रतिघन्टा मोटरसाइकलको १०, ट्याक्सीको ३०, हलुका सवारीसाधनको ५०, मिनीको ७० र हेभीको १ सय रुपैयाँ तोकिएको छ ।

पोखरेली घर बनाउने योजना
पोखरा महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय कास्कीको पुरानो भवन (गोलघर) भत्काएर सूचनापार्टीसहितको पोखरेली घर बनाउने योजना अघि बढाएको छ ।
पोखराको सुन्दरतालाई मध्यनजर गर्दै जीर्ण अवस्थामा रहेको गोलघर भत्काउन थालिएको पोखरा ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले बताए । ‘पोखरामा आउने पर्यटक लक्षित पोखरेली घर बनाउने योजनासहित अघि बढेका छौं, मर्सानीले भने, ‘जीर्ण अवस्थामा रहेको पोखरा गोल घरमा रहेको ट्राफिक कार्यालयलाई सुविधा सम्पन्न भवनमा सारेका छौं । यस ठाउँमा अब पोखरालाई आर्कषण गर्ने गरी पोखरा घर निर्माण गर्ने योजनामा छौं ।’
वडाध्यक्ष मर्सानीले पर्यटकीय क्षेत्रको सूचना पाटीसहित ‘पोखरा आर्ट ग्यालरी’ यसै भवनमा निर्माण हुने बताए । ‘पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटक लक्षित पर्यटकीय क्षेत्रको सूचना पाटी, पोखरा आर्ट ग्यालरी, पुस्तकालय, घन्टाघरसहितको भवन निर्माण गर्न बजेट विनियोजन गरेका छौं, करिब २ रोपनी जग्गामा योजना तयार हुनेछ,’ उनले भने ।
विज्ञ टोलीले तत्काल डिपिआर तयार गर्ने बताउँदै २ वर्षभित्र योजना पूरा गर्ने लक्ष्य राखिएकोे जानकारी दिए । मर्सानीका अनुसार पोखरा घर निर्माण गर्न पोखरा महानगरपालिकाले यो आर्थिक वर्ष २ करोड बजेट विनियोजन गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width