पोखरा । खगेन्द्रराज घिमिरेद्वारा लिखित कथा संग्रह ‘दोष कसको ?’ को आइतबार पोखरामा विमोचन गरिएको छ । कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै उपन्यास मिथ्याका लेखक दीपक पराजुलीले लेखकले आफ्नै बाल्यावस्था, युवावस्था र वर्तमान प्रौढ अवस्थामा देखे भोगेका पारिवारिक, व्यावसायिक तथा समसामियक घटनाक्रमलाई नै आख्यानीकरण गरी रचना गरेको कथा संग्रहले भविष्यमा त्यो समयको ऐनाको रूपमा काम गर्ने हुनाले त्यसको अलग्गै महत्व हुने विश्वास व्यक्त गरे ।
निबन्धात्मक कथाहरूको छुट्टै विधाको चर्चा भइरहेको वर्तमान समयमा यो कथा संग्रहले पनि त्यस्तै शैली अवलम्बन गरेको देखिएको चर्चा गर्दै पराजुलीले लेखकबाट भविष्यमा पनि थप रचनाहरूको अपेक्षा राख्न सकिने आशा पनि प्रकट गरे ।
कार्यक्रमको अध्यक्षता पुस्तककी प्रकाशक अस्मिता घिमिरेले, लेखकको परिचय पर्यटन व्यवसायी शेषकान्त शर्माले, शुभकामना मन्तव्य सुरेश ढकालले तथा सञ्चालन साहित्यकार शिव संकल्पले गरेका थिए । लामो समय निजामती सेवामा रही सेवा निवृत्त लेखकको पहिलो साहित्यिक कृतिको रूपमा प्रकाशित दोष कसको ? कथा संग्रहमा १६ कथाहरू संकलित छन् ।
Related News
सम्बन्धित समाचार
राक्षस
घरबेटीकी छोरी
सुरेश बडालको ‘रहर’ लोकार्पण
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९