राष्ट्रिय परोपकार महासंघमा कमलनयन

आदर्श समाज सम्वाददाता
माघ २, २०७९
paropakar comittee

पोखरा । राष्ट्रिय परोपकार महासंघ नेपालको पाँचौं अधिवेशनबाट अध्यक्षमा भागवत्भास्कर युवापण्डित कमलनयन गौतम सर्वसम्मत् निर्वाचित भएका छन् । कार्यसमिति उपाध्यक्षमा सीता पराजुली, महासचिव विष्णुप्रसाद पौडेल, कोषाध्यक्ष डिल्लीराम लामिछाने चयन भए ।

सदस्यमा गीरा कोइराला, शेरबहादुर गुरुङ, कृष्णबहादुर क्षत्री, तारानाथ घिमिरे, बद्रीनाथ वाग्ले र भक्तबहादुर खत्री चयन भए ।

सल्लाहकारमा संस्थाका कानुनी सल्लाहकार अधिवक्ता दुर्गाप्रसाद कोइराला, भक्तराज श्रेष्ठ, ललितबहादुर भण्डारी र मोहनबहादुर भण्डारी छन् । रिक्त पदाधिकारी, सदस्य तथा सल्लाहकार आवश्यकता बमोजिम पदपूर्ति गर्ने जिम्मा अध्यक्ष गौतमलाई दिइएको छ ।

निर्वाचन समिति संयोजकमा अधिवक्ता दुर्गाप्रसाद कोइराला, सदस्य अधिवक्ता सुष्माकुमारी पौडेल, सदस्यमा प्रतिभा केसी थिए । कार्यक्रममा महासचिव विष्णुप्रसाद पौडेल, कोषाध्यक्ष सीता पराजुलीले प्रस्तुत गरेको प्रतिवेदन सहित लेखापरीक्षण प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संस्थाको साधारणसभा उद्घाटन गर्दै महासंघकोे गौरक्षा अभियानमा सहयोग गर्ने बताए । कार्यक्रममा संस्थाका सल्लाहकार भक्तराज श्रेष्ठ, पत्रकार सुष्मा पौडेल, परोपकार महासंघ कास्की अध्यक्ष रेणु थापा, महिला नगरस्तरीय संयोजक गीता लामिछानेलगायतले बोलेका थिए । संस्थाका अध्यक्ष गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव पौडेलले गरेका थिए । संस्थाले पोखराको ढुंगेसाँघुमा माघेसंक्रान्ति अवसरमा विगत झैं सञ्चालन गरेको श्रीमद्भागवत् माघेसंक्रान्ति महाउत्सव ४ माघसम्म सञ्चालन हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width