तरकारी खेती तालिम

आदर्श समाज सम्वाददाता
पौष २८, २०७९
hemja krishi

हेमजा । पोखरा महानगरस्थित कृषि तथा पशु विकास महाशाखा तथा हेमजास्थित तीव्रेकोट कृषि तरकारी पकेट कार्यक्रमअन्तर्गत व्यावसायिक तरकारीबालीसम्बन्धी तालिम दिइएको छ ।

तालिम उद्घाटन गर्दै पोखरा २५ का वडाध्यक्ष मोतिराज तिमिल्सिनाले संस्थाले गरेका कार्यले हेमजालाई तरकारीबालीमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
महाशाखाका वरिष्ठ अधिकृत मनोहर कडरियाले तालिमले कृषक सदस्यलाई महत्वपूर्ण सहयोग पुग्ने स्पष्ट पार्दै यो कार्यक्रम प्रभावकारी बन्ने बताए ।

तालिममा महाशाखा प्रमुख कडरिया, वागवाणी अधिकृत दामोदर अधिकारी, मत्स्य अधिकृत सुरज चिलवाल, कृषि अधिकृत ज्ञानु आचार्य, प्राविधिक शिव धामी तथा हेमजास्थित कृषि तथा पशु विकास शाखा प्रमुख पुष्पा हमालले सहजीकरण गरे ।

त्यस अवसरमा प्लाष्टिक घरमा टमाटर खेती लगायत बेमौसमी तरकारी गर्ने प्रविधि, नर्सरी निर्माण, हेमजामा व्यावसायिक तरकारीबालीको सम्भाव्यता र उत्पादन, हुन सक्ने तरकारीबालीको अवस्था, विषादी प्रयोगमा ध्यान दिनुपर्ने कुरा, तरकारीबालीको उत्पादन भण्डारण र बजारीकरण लगायत माथि छलफल भयो ।

वडा सदस्य एवं कृषिपकेट कार्यक्रम अध्यक्ष कृष्णबहादुर कुँवरको अध्यक्षतामा भएको उक्त तालिम संस्थाका सचिव कृष्ण कुँवर तथा सहसचिव राजु कुँवरले संचालन गरेका थिए ।

संस्थाले गत वर्ष करिब २९ लाख बराबरका कृषि कार्यक्रम तथा सामग्री वितरण गरेको थियो यस्तै, चालु आवमा १२ लाख बराबरका विभिन्न कार्यक्रम संचालन गर्ने जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width