पोखरा । जबर्जस्ती करणी मुद्दाका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा २८, माझठानाका ७१ वर्षीय तारानाथ तिवारी हुन् ।
आजभन्दा साढे ३ वर्षअघि २०७६ साउन ७ मा निज तिवारीले अपांगता भएकी नावालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा खेपेका थिए । निजलाई पुर्पक्षका लागि कारागार कार्यालय कास्कीको थुनामा राखिएकोमा जिल्ला अदालत कास्कीले २०७७ असोज २७ को फैसलामा उनले सफाइ पाएका थिए ।
तर उच्च अदालतमा परेको पुनरावेदन निवेदनमा भने अदालतले सुरु अदालतको मुद्दा उल्टाई निज तिवारीलाई १९ वर्ष ३ महिना कैद, १० हजार जरिवाना तथा पीडित नावालिकालाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो । उच्चले गएको वैशाख १४ सो फैसला गरेकोमा प्रतिवादी तिवारी हालसम्म फरार थिए । उनलाई कास्की प्रहरीले पुस २२ मा उनकै घरबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा पनि आत्मदाह प्रयास, जलेर २ घाइते
प्रहरी हुँ भन्दै ७ लाख ठगी
लागु औषधसहित पक्राउ
महतोलाई पक्राउ गर्न प्रहरीलाई गृहको निर्देशन – पत्रसहित
पलले पाए तनहुँ जिल्ला अदालतबाट सफाइ
hero news full width
मुख्य समाचार
पोखरामा आगलागीबाट जलेकी महिलाको मृत्यु
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
माघ १६, २०७९उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९