फूलबारी मन्टेसरीको २२ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
पौष २४, २०७९
Phoolbari montesari

पोखरा । पोखरा–३ नदीपुरस्थित फूलबारी मन्टेसरी कटेजको १२ औं अभिभावक दिवस तथा २२ औं वार्षिकोत्सव शनिबार सम्पन्न भयो । कार्यक्रम पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले उद्घाटन गरेका थिए ।

महाशाखा प्रमुख आचार्यले बालबालिकालाई मन्टेसरी विधिद्वारा दिइने शिक्षा उपयोगी भएको चर्चा गर्दै शैक्षिक विकासमा पूmलबारी मन्टेसरीको योगदान प्रशंसनीय रहेको बताए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले शिक्षा क्षेत्र व्यावसायिकभन्दा पनि सेवा भावले चल्लुपर्नेमा जोड दिँदै भनिन्,‘ पूmलबारी मन्टेसरीले आफूलाई अब्बल बनाउन सफल भएको छ ।’

कार्यक्रममा प्राचार्य अरुणा शेरचनले मन्टेसरीको गतिविधिबारे प्रकाश पार्दै बालबालिकाको प्रतिभा प्रस्फुटनका लागि उपयुक्त वातावरण तयार गरिएको जानकारी दिइन् ।

अभिभावकद्वय संगीता पालिखे र पानादत्त पौडेलले मन्टेसरीले दिएको सेवा सन्तोषप्रद रहेको बताए ।

समारोहबीच शिक्षिकाद्वय कृतिना श्रेष्ठ र पूर्णिमा गुरुङ केसी तथा कोअर्डिनेटर जुनमाया पुन र कर्मचारी राधिका जैसीलाई सम्मान गरिएको थियो ।

विद्यार्थीद्वय सायरा श्रेष्ठ र उत्सव अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रममा बालबालिकाहरुले नाटक, नृत्य तथा प्रहसन प्रस्तुत गरेका थिए ।

फूलबारी मन्टेसरीका अध्यक्ष तथा निर्देशक जीवनकुमार शेरचनको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन शिक्षिका सुनिता बास्तोलाले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width