बली निषेधित दुर्गा मन्दिरको साधारणसभा

आदर्श समाज सम्वाददाता
पौष २३, २०७९
Durga Mandir

पोखरा। दुर्गा मन्दिर व्यवस्थापन समिति पोखरा– १७ छोरेपाटनको दशौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन शनिबार मन्दिर परिसरमा सम्पन्न भएको छ । गण्डकी प्रदेश सभाका नवनिर्वाचित सदस्य प्रकाश वरालले कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले मन्दिर क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता जनाए ।

मन्दिरका बारेमा जानकारी दिंदै समितिका अध्यक्ष पदमवहादुर थापा क्षत्रीले उक्त मन्दिर २०७२ साल यता जीव बली निषेधित धार्मिक क्षेत्रको रुपमा रहेको जानकारी दिए । २०३७ सालमा स्थापित यो मन्दिर पोखराकै पुरानो दुर्गा मन्दिर भएको दाबी पनि उनले गरे । मन्दिर अन्तर्गत १५ संस्थागत सदस्य, पाँच सय ५८ आजिवन सदस्य, ३३ मानार्थ सदस्य र १० विशिष्ट सदस्य रहेको अध्यक्ष क्षत्रीले जानकारी गराए ।

साडे चार रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर क्षेत्रमा गणेश र दुर्गा मन्दिरका अतिरिक्त १०८ वरपिपल पुण्यधाम, मच्छेन्द्रनाथको मन्दिर, सन्तोषी माताको मन्दिर, सूर्यचक्रसहितको शनिदेव शिला, १०८ शालिग्राम धाम, १०८ शिवलिंग, यज्ञशाला, हवनकुण्ड लगायत धार्मिक आस्थाका आकर्षणहरु रहेको समितिका सचिव धु्रवराज बरालले जानकारी दिए ।

मन्दिरमा नवरात्रीमा दुर्गा पूजा, शिवरात्रीमा अवनेश्वर महादेवलाई दूध चढाउने कार्यक्रम, मंगल चौथीमा गणेश पुजा र शनि त्रयोदशीका दिन पनि पूजाका कार्यक्रम हुने गरेको मन्दिरका पुजारी रामप्रसाद नेपालले जानकारी दिए । अहिले मन्दिरमा हरेक साँझ स्वस्थानी व्रतकथा समेत वाचन र श्रवण हुने गरेको उनले अवगत गराए । भौतिक पूर्वाधारको निर्माण र विकासका लागि मन्दिरमा २०७१ सालमा श्रीमद्भागवत सप्ताह महायज्ञ पनि सम्पन्न भएको थियो ।

समितिका कोषाध्यक्ष मोहनलाल पौडेलले मन्दिरले गत आर्थिक वर्ष २०७८÷०७९ मा चार लाख ५६ हजार तीन सय ९५ रुपैयाँ आम्दानी गरेको र चार लाख चार हजार एक रुपैयाँ खर्च गरेको प्रतिवेदन सार्वजनिक गरे । पोखरा २२ बाट ट्रस र हवनकुण्ड निर्माणका लागि झण्डै दुई लाख रुपैयाँ र वडा १७ बाट मन्दिर परिसरको भौतिक सम्पति मर्मत संभार र नवदुर्गा विशेष पूजाका लागि दुई पटक गरी एक लाख ८१ हजार रुपैयाँ प्राप्त भएको पनि प्रतिवेदनमा उल्लेख छ । मन्दिर अन्तर्गत सन्तोषी माता र मच्छेन्द्रनाथको पुजा संचालनका लागि क्रमशः पदमलाल पौडेल र स्व. शंकर शिल्पकारका परिवारबाट स्थापित दुई वटा अक्षयकोष समेत संचालनरत रहेको जनाइएको छ ।
मन्दिरका लागि विविध हिसावले सहयोग पुर्याएका व्यक्तित्व र संस्थाहरु– पूर्व अध्यक्ष माया गुरुङ, शान्ति श्रेष्ठ, चुडावहादुर बोगटी, श्रीलाल सुवेदी, पदमलाल पौडेल, पूर्व सांसद विन्दा राना, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समिति, पोखरा महानगरपालिका कार्यालय, वडा २२ र १७, भुसंरक्षण कार्यालय र छोरेपाटन प्रहरी चौकी, जग्गादाता स्व.शशिधर बराल र स्व. रुद्रनाथ बराल, खिमलाल बराल लगायत प्रति पनि समितिले आभार प्रकट गरेको छ ।

कार्यक्रममा सितल चौतारी टोल विकास संस्थाका कृष्णप्रसाद पोखरेल, मन्दिर समितिका सल्लाहकार चुडामणि वराल, उपाध्यक्ष रविन्द्रराज वराल, सिमलटुँडा टोल सुधार संस्थाका अध्यक्ष ढाकाराम आचार्य, राधाकृष्ण मन्दिर समितिका अध्यक्ष लक्ष्मी अधिकारी, वडा १७ कि महिला सदस्य विष्णुकुमारी थापा, पुम्दीभुम्दी कृषि सहकारी संस्थाका अध्यक्ष खेमराज बराल (महेन्द्र), दुर्गा मन्दिर भजन मण्डली समितिका अध्यक्ष पंडित सूर्यप्रसाद मराशिनी लगायतले भनाई राखेका थिए । उक्त मण्डलीको तेश्रो साधारणसभा तथा प्रथम अधिवेशन पनि शनिबार नै सम्पन्न भएको छ ।

Related News

सम्बन्धित समाचार

  • विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । विश्व हिन्दु महासंघ गण्डकीको दोस्रो अधिवेशनले कास्कीका मुक्तिराम अधिकारीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको कार्यकाल ३…
  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…

hero news full width

Recent Posts

भर्खरै