कांग्रेस नेतृ टेकनशोभा गुरुङको निधन

आदर्श समाज सम्वाददाता
पौष १३, २०७९
teken shobha

पोखरा । नेपाली कांग्रेसकी नेतृ टेकनशोभा गुरुङको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित उनको बुधबार निधन भएको हो ।

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका निवासी उनी २०७४ को स्थानीय तहको चुनावमा उपाध्यक्षको प्रत्यासी हुन् । समाजसेवा र कृषि कर्ममा समेत क्रियाशील टेकनशोभा ग्रामीण भेगमा राजनीतिक जागरणका लागि जुझारु रुपमा लागेकी थिइन् ।

पोखराकै एक अस्पतालमा भर्ना भएकी उनलाई ३ दिन अघि मात्र घरमा लगिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width