कांग्रेस नेता विष्णु बास्तोलाको निधन

आदर्श समाज सम्वाददाता
पौष १३, २०७९
bishnu

पोखरा । नेपाली कांग्रेसका नेता एव‌ कास्की कांग्रेस पूर्व उपसभापति विष्णु बास्तोलाको निधन भएको छ । पोखरा महानगर ९ का पूर्व वडाध्यक्ष बास्तोलाको आज बिहान उनकै निवास पोखरा नयाँबजारमा निधन भएको हो ।

लामो समयदेखि क्यान्सरसँग जुधेका उनी अमेरिकामा उपचार गराएर फर्केका थिए । उनका आजै बिहान साढे ९ बजे निवासबाट शवयात्रा गरिने पार्टी पोखरा महानगर सचिव टुबराज बास्तोलाले जानकारी गराए ।

बास्तोला पोखरा उपत्यका नगर विकास समितिान ३ पटक अध्यक्ष भएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width