पोखरा । कोही मान्छे चर्चामा आउनुपर्छ त्यसबारे रातारात पुस्तकसम्म निस्किन्छ । त्यसैले अनुवादक उज्ज्वल प्रसाईं भन्छन्, ‘अनुवादक र जीवनीकार रातारात जन्मिन्छन् नेपालमा ।’
पोखरामा जारी १० औं नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबार साँझ ‘अनुवादको सन्चो–विसन्चो’ सेसनमा बोल्दै उनले मृत्यु केन्द्रित अनुवाद बिक्ने गरेको भन्दै थकथकी सुनाए । प्रसाईंका अनुसार राम्रो अनुवादक जन्माउन नेपालमा त्यसबारे सिकाउने संस्था नहुँदा समस्या पैदा भएको छ । ‘के बिक्छ, के बिक्दैन निर्धारण गर्ने कुरा धेरै हुन्छन् । तर, त्यस्तो किन हुन्छ ? मान्छेको हातमा त्यस्ता चिज किन बढी हुन्छन् ? राम्रो चिज किन बन्दैनन् भन्ने प्रश्न संस्थासँग जोडिन्छ,’ उनी भन्छन्, ‘हामीसँग राम्रो अनुवाद गर्न स्रोत दिने, गुणस्तर नियन्त्रण गर्ने, अनुवादकलाई प्रेरणा दिने संस्था छैनन् । एउटै व्यक्तिबारे ५० वटा अनुवाद निस्किए पनि यस्तो भए एउटा अनुवादले स्थान पाउँछ ।’
विनोदविक्रम केसी सहजकर्ता रहेको त्यही सेसनमा अरु दुई अनुवादक सगुना शास र गनेस पौडल वक्ता थिए । प्रसाईं, शाह र पौडेलले भाषा, पारिश्रमिकसहित अनुवादका सुखदुखका किस्सा सुनाए ।
अनुवादक पौडेलले नेपाली पुस्तकको अनुवाद विश्वबजारमा पुर्याउन आवश्यक रहेको बताए । ‘अनुवादसँग के जोडिएको छ भने छापा उद्योग छ । र, त्यसको अन्तिम कारिन्दा लेखक हो । नेपाली किताब अंग्रेजीमा अनुवादित भएर विश्वमा जान दिंदैनन् । भएको अनुवाद अब त्यस्ता बजारको पनि हुन जरुरी छ,’ उनले भने ।
पुराना–पुराना विषयवस्तु समेटिएका पुस्तकका अनुवाद भइरहेको भेटिन्छन् । तर, पौडेल अनुवादलाई २ समाजको संवादको रुपमा मान्ने हो भने त्यस्तो गर्नु ठिक मान्दैनन् । समकालीन लेखकका पुस्तक अनुवाद गर्दा नबुझेका विषय साक्षात्कार गर्न पाइने भएकाले त्यसमा जोड दिनुपर्ने पौडेल बताउँछन् । ‘एउटा समाजले अर्को समाजसँग संवाद गर्नुपर्छ भन्ने अर्थबाट अनुवादको महत्व हो भने क्लासिकतिर कुद्नु हुँदैन । समकालीन लेखकका कृति अनुवाद गरिनुपर्छ । समकालीन लेखक सशरीर उपस्थित हुन्छ,’ उनले भने ।
सगुना शाह अंग्रेजी र फ्रेन्च पढाउँछिन् । अन्य भाषामा अनुभवी भएकाले नेपालीमा बोल्दा, लेख्दा भाषिक त्रुटि नगर्न धेरै समय अनुवादमा खर्चने गरेको उनले सुनाइन् । ‘नेपाली पनि बोल्नु हुन्छ र भन्ने प्रश्न सुनेको छु । नेपालीमा लेख्ने भन्ने कुरा त मबाट सम्भवना नै छैन भन्ने हुन्थ्यो । त्यो बाहिरको मान्छेलाई लाग्ने कुरा हो । अंग्रेजी र फ्रेन्च पढाउने भएकाले म मिठो नेपाली बोल्दिनँ होला भन्ने लागेको थियो,’ उनी भन्छिन्, ‘लेख्नेबेला भाषाकै कारण त्रुटि हुनसक्छ भन्ने थाहा थियो । त्यो हुँदा धेरै समय लगाएर अनुवाद गरेँ ।’
अनुवाद गर्दा मिहिनत र समय लाग्छ । अनुवादककाअनुसार विदेशी पुस्तक अनुवाद गर्दा त्यहाँ प्रयोग भएका शब्दको अर्थ नबुझ्दा पनि हप्तौँसम्म अड्चन आइपर्छ । तर, पारिश्रमिक देख्दा त्यसमा जाँगर नचल्ने प्रसाईं बताउँछन् । ‘राम्रो अनुवादकले मिहिनत गरे धेरै परिश्रम लाग्छ । कहिले एउटै प्यारेग्राफले एक हप्ता रिगाउँछ । न्याय कसरी गर्न सकिन्छ भन्ने सोचिन्छ,’ उनी पारिश्रमिकबारे भन्छन्, ‘पारिश्रमिकका हिसाबले अनुवाद गरौँगरौँ कहिल्यै लागेन । पारिश्रमिक सम्झियो भने अल्लि मूल्य भएको किताबको अनुवाद गरौँ भन्ने जाँगर भर्भराएर आउँदैन ।’
नेपाली र अंग्रेजी भाषा सुधार्ने प्रयास विद्यालयस्तरबाटै हुनुपर्ने प्रसाईंको मत छ । त्योसँगै भूगोलअनुसार स्थानीय भाषा पनि अध्यापन गराउन सक्नुपर्ने उनको भनाइ छ । स्थानीय भाषा सिकाउँदा र त्यसमा अनुवाद गर्दा पाठक बढ्ने प्रसाईंको विश्वास छ ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
मानवअधिकार आयोगसमक्ष द्वन्द्वपीडित समुदायको ज्ञापन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१