पोखरा । मेसीको टिम अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । नेदरल्याण्डलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिनाले फाइनल प्रवेशका लागि क्रोयसियाको भेट सुनिश्चित गरेको छ ।
नेपाली समयअनुसार शनिबार बिहान पौने ४ बजे सम्पन्न दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिनाको जीतसँगै उसका समर्थकले लामो समयसम्म कतारी रंगशाला गुञ्जायमान बनेको थियो । अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले विपक्षीका २ पेनाल्टीको उत्कृष्ट बचाउ गर्न सके ।
निर्धारित समयमा २–२ को बराबरी खेलेका यी दुवै टिमको प्रतिस्पर्धा निकै रोचक थियो । अर्जेन्टिनाको जीतमा रेफ्रीले ह्वीसल फुक्ने तयारी गर्नै लाग्दा दोस्रो हाफको इन्जुरी टाइमको अन्तिम मिनेटमा हल्याण्डले उत्कृष्ट पुनरागमन ग¥यो ।
खेलको ३५ औं मिनेटमा मोलिनाले मेसीको फिंगरप्रिन्टलाई वान टचमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १–० गोलअन्तरमा सकिएकोमा ७३ औं मिनेटमा मेसीले पेनाल्टीमा गोल गर्दै गोलअन्तर दोब्बर पारेका थिए ।
तर ८३ औं मिनेटमा नेदरल्याण्डका लागि वीगोस्टले हेडमार्फत सुन्दर गोल फर्काए । दोस्रो हाफको इन्जुरी टाइममा वीगोस्टले विपक्षी पोष्टमा बलले जाली चुमाएपछि नेदरल्याण्ड चमत्कारिक रुपमा खेलमा फर्किएको थियो । अतिरिक्त समयको ३० मिनेटमा कुनै पनि टिमले गोल गर्न नसकेपछि निर्णयार्थ टाइब्रेकरको सहारा लिनुपरेको थियो ।
शुक्रबार राति पहिलो क्वाटरफाइनलमा ब्राजिल क्रोयसियासँग टाइब्रेकरको शिकार बन्दै बाहिरिएपछि उपाधि दाबेदार अर्जेन्टिनाले क्रोयसियासँग पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएको हो ।
Related News
सम्बन्धित समाचार
एन्फा कास्की अध्यक्ष उज्ज्वल रञ्जितलाई पितृशोक
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
अनलाइन पत्रकार संघ गण्डकीमा गणेश बराल
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
माइनस डिग्रीमा माछा उत्पादन
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९