पोखरा । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसर पारेर लैंगिक हिंसा न्यूनीकरणमा स्थानीय निकायको भूमिकाबारे छलफल भएको छ । पोेखरा ८ को आयोजना तथा आमा मीलन केन्द्रको समन्वयमा कार्यक्रम भएको हो ।
कार्यक्रम उद्घाटन गर्दै प्रतिनिधि सभा सांसद् विद्या भट्टराई अधिकारीले संविधानमा उल्लेख गरिएका महिलाका समग्र सवाललाई कार्यान्वयनमा ल्याउन आफू निरन्तर लागि परेको र अबका दिनमा थप ऊर्जाका साथ लाग्ने प्रतिबद्धता जनाइन् । कार्यक्रममा लैंगिक असमानताका मुख्य कारण, लैंगिक असमानताका कारण घर परिवार र समाजमा परेको प्रमुख असर, लैंगिक असमानताले निम्तिएका हानिकारक अभ्यासहरु र सभ्य समाज सिर्जना गर्न स्थानीय समुदायको भूमिकाबारे ४ समूह बनाइ छलफल गरिएको थियो ।
कार्यक्रममा पोखरा ८ का वडा सदस्य हीराकाजी श्रेष्ठ, गोविन्द बराल, महिला सदस्य पवित्रा पौडेल केसी, दलित महिला सदस्य लक्ष्मी विक, नारी परोपकार केन्द्रका अध्यक्ष शारदा गिरीलगायतले बोलेका थिए । लैंगिक हिंसाको १६ दिने अभियानसहित नेतृत्वमा महिलाहरुको अर्थपुर्ण सहभागिताका विषयमा पोखरा ८ का वडा सचिव सविता ढुंगानाले सहजीकरण गरेकी थिइन् । आमा मिलन केन्द्रका अध्यक्ष इन्दिरा पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाकै सचिव रजनी रिमालले गरेकी थिइन् । कार्यक्रममा २२ वटा स्थानीय संघ संस्थाका प्रमुख तथा प्रतिनिधि गरी ६५ जनाको सक्रिय सहभागिता थियो ।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९