पोखरा । कन्या क्याम्पसमा जारी सामुदायिक क्याम्पसस्तरीय छात्रा भलिबल प्रतियोगितामा कन्या क्याम्पस ‘क’ र जनप्रिय बहुमुखी क्याम्पस फाइनलमा प्रवेश गरेका छन् ।
कन्या क्याम्पसको ३१ औं वार्षिकोत्सव अवसरमा कन्या क्याम्पस प्राध्यापक संघद्वारा आयोजित प्रतियोगितामा कन्याले चौंथो क्वाटरफाइनलमा शिवशक्ति क्याम्पसलाई २–० सोझो सेटमा हराएर सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा कालिका पब्लिकलाई पनि २–० को सोझो सेटमा पराजित गरी फाइनल प्रवेश गरेको हो ।
सोमबार नै तेस्रो क्वाटरफाइनलमा कन्या ‘ख’ लाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको विन्ध्यवासिनी क्याम्पस सेमिफाइनलमा जनप्रिय क्याम्पससँग पराजित भएको थियो । पहिलो सेमिफाइनलको प्लेअर अफ द म्याच विन्ध्यवासिनी क्याम्पसकी क्याप्टेन मविना सन्त्याल भएकी थिइन् भने दोस्रोमा कन्या क्याम्पस ‘क’ की क्याप्टेन रसिला पुर्जा भएकी थिइन् । तेस्रो स्थानका लागि विन्ध्यवासिनी क्याम्पस र कालिका पब्लिक कलेजबीचमा तथा फाइनल कन्या क्याम्पस ‘क’ र जनप्रिय बहुमुखी क्याम्पसबीच हुनेछ ।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९