पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले महिला हिंसा अन्त्यका कडा कानुन बनाउनुपर्ने बताएका छन् । लैंगिक विभेदमा आधारित हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत ‘लैंगिक हिंसा न्युनीकरणमा मिडिया र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया उनले कडा कानुन बनाएर लागु गरेमा महिला हिंसा कम हुने बताए ।
‘महिला हिंसा अन्त्यका लागि सबैभन्दा पहिला कानुन दह्रो बनाउनुपर्यो,’ उनले भने, ‘अनि त्यो कानुन कार्यान्वयन गर्ने निकायले निष्पक्ष भएर कार्यान्वयन गर्ने हो भने यो समाजका धेरै हिंसा, अवहेलना र विकृति विसंगति घटाउन सकिन्छ ।’ यसका लागि सरकारी पक्ष, पत्रकारसँगै अन्य क्षेत्रले बहस गर्ने बेला आएको उनको भनाइ थियो । यसको न्युनीकरणका लानि कानुन नै परिमार्जन गर्नुपर्ने उनले बताए ।
हिंसा न्युनीकरण गर्ने भन्दै अभियान सञ्चालनमात्र नगरी हिंसाको जड नै पत्ता लगाउनुपर्ने उनको धारणा थियो । यसको मुख्य कारण पत्ता लगाई समाधानका लागि पहल गर्दै महिलालाई उद्यमशील र सिर्जनशील बनाउनु आजको आवश्यकता भएको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले मिडिया र सरोकारावालासँगै सरकारी पक्ष महिला हिंसा अन्त्यका लागि हातेमालो गर्नुपर्ने बताइन् । समाज परिवर्तन हुँदै गएको अवस्थामा हामी पनि परिवर्तन हुन आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा सरिता दाहाल र प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले महिला हिंसाका पछिल्लो अवस्थाका बारेमा प्रस्तुतिकरण राखेका थिए ।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९