पोखरा । आम निर्वाचनमा प्रदेश सभातर्फ गण्डकीमा ठूलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल थालिएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशको आइतबार बसेको पदाधिकारी बैठकले प्रदेशमा नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाउने ५ दलीय गठबन्धन भएकोले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नको लागि आवश्यक पहल र छलफल गर्ने निर्णय गरेको छ ।
आम निर्वाचनमा गण्डकी प्रदेशबाट ५ दलीय गठबन्धनबाट उम्मेदवार भएका १८ संघीय सांसदका उम्मेदवारमध्ये १३ जना संघीय सांसद विजयी भएका छन् । तीमध्ये १० जना नेपाली कांग्रेसले जितेको छ । गण्डकी प्रदेश सभा सदस्य ३६ मध्ये गठबन्धनबाट २३ सदस्यलाई विजयी भएका छन् । तीमध्ये १८ प्रदेश सदस्य नेपाली कांग्रेसले जितेको छ ।
प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)ले गठबन्धनका तर्फबाट केन्द्रमा नेपाली कांग्रेसको नेतृत्वमा केन्द्रीय सरकार र यस गण्डकी प्रदेशमा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश सरकार बनाउन पहल गर्ने निर्णय गरिएको बताए ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको अध्यक्षतामा बसेको बैठकले निर्वाचनमा सहयोगीहरुलाई धन्यवाद् ज्ञापन गरेको छ । यही मंसिर ४ गते भएको आम निर्वाचन शान्तिपूर्ण तरिकाले गराउन सहयोग गर्ने निर्वाचन आयोग, सम्पूर्ण मतदाता, ५ दलीय गठबन्धनका नेता तथा कार्यकर्ता, सम्पूर्ण सञ्चारकर्मी, सुरक्षाकर्मी तथा पर्यवेक्षक सबैलाई धन्यवाद व्यक्त गरेको बताए । साथै निर्वाचनले संवैधानिक, लोकतान्त्रिक पद्धतिको निर्माणमा सहयोग पुर्याएको अनुभूति भएको उनले बताए ।
Related News
सम्बन्धित समाचार
हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९