काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता र छलफल सुरु भएको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच आज नयाँ सरकार गठनबारे छलफल भएको छ ।
प्रधानमन्त्री देउवासँग भएको छुट्टाछुट्टै भेटमा अध्यक्षद्वय दाहाल र नेपालले पाँचदलीय गठबन्धनलाई अझै थप बलियो बनाइ गठबन्धनकै नेतृत्वमा आगामी सरकार गठन गर्नुपर्ने विषयमा छलफल गरेका प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच नयाँ सरकार गठन, राष्ट्रपतिलगायत ‘पावर शेयरिङ’ गर्नुपर्ने बारेमा समेत छलफल भएको थियो । गठबन्धन दायाँबाँया नगरी एकमतका साथ अघि बढ्नुपर्ने ३ शीर्ष नेताको निष्कर्ष रहेको प्रेस प्रमुख परियारले बताए । निर्वाचनपछि पहिलो पटक प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालबीच भएको भेटमा बधाई साटासाटसमेत भएको थियो । प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच यसअघि शनिबार पनि भेट भएको थियो ।
निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार सोमबार साँझसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने २ स्थानमा अग्रता कायम गरेको छ ।
त्यस्तै नेकपा (एमाले) ४२ स्थानमा विजयी भएको छ भने १ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकीकृत समाजवादी)ले १०, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले ७÷७ स्थानमा जित हासिल गरेका छन् ।
यस्तै स्वतन्त्र ५, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टी ३ स्थानमा विजयी भएका छन् । बाँकी स्थानको केही समस्याका कारण मतपरिणाम आउन ढिलाइ भएको आयोगले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
मौरीका घारले भरियो रत्नेचौरको तोरीबारी
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९